(सास) मंसिर २१ बैतडी ।
बैतडीमा जारी वि. पी.  स्मृती टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी निङ्गलाशैनी क्रिकेट देहिमाण्डौंले हात पारेको छ । मंगलवार सम्पन्न फाईनल खेलमा कालाशैनी क्रिकेट क्लव बुड्डालाई १४ रनले स्तब्ध पार्दै देहिमाण्डौंले उपाधी कब्जा गरेको हो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (सास) मंसिर २१ बैतडी ।
बैतडीमा जारी वि. पी.  स्मृती टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी निङ्गलाशैनी क्रिकेट देहिमाण्डौंले हात पारेको छ । मंगलवार सम्पन्न फाईनल खेलमा कालाशैनी क्रिकेट क्लव बुड्डालाई १४ रनले स्तब्ध पार्दै देहिमाण्डौंले उपाधी कब्जा गरेको हो ।

१३ पुष २०८२, आईतवार
खेलकुद

विपि स्मृती क्रिकेटको उपाधी देहिमाण्डौंलाई

२१ मंसिर २०७३, मंगलवार १२:१९

(सास) मंसिर २१ बैतडी ।
बैतडीमा जारी वि. पी.  स्मृती टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी निङ्गलाशैनी क्रिकेट देहिमाण्डौंले हात पारेको छ । मंगलवार सम्पन्न फाईनल खेलमा कालाशैनी क्रिकेट क्लव बुड्डालाई १४ रनले स्तब्ध पार्दै देहिमाण्डौंले उपाधी कब्जा गरेको हो ।

निङ्गलाशैनी खेलमैदान देहिमाण्डौंमा टस जितेर ब्याटिङ्ग गरेको देहिमाण्डौंले १९ दशमलव ४ ओभरमा  ११० रनमा समेटिएको थियो ।  देहिमाण्डांंैका विनोद बोहराले २७ , रोहन बाहराले २० , खडक बोहराले १२ तथा दिपक बोहराले १० रन बनाएका थिए ।

कालाशैनीका जगदिश चन्दले ३, सुभाष चन्दले २ तथा निरज चन्दले २ विकेट हात पारेका थिए ।  १११ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको कालाशैनी १९ दशमलव ३ ओभरमा ९६ रनमा समेटियो ।

सन्तोस चन्दले २३ तथा निरज चन्दले १५ रन बनाउनुबाहेन अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत छुन नसक्दा कालाशैनीले उपविजेतामै चित्त बुझाउनुपरेको हो । कालाशैनीको पारी ध्वस्त पार्ने क्रममा म्यान अफ द फाईनल भएका दिपेन्द्र बोहराले ४ ओभर बलिङ गर्दै ३ ओभर मेडन राख्दै १ रन मात्र खर्चेर ४ विकेट हात पारेका थिए ।

बसन्त बोहरा, ऋषिकेश बोहरा र महेस नाथले समान दुई दुई विकेट हात पारेका थिए ।  उपाधीसंगै देहिमाण्डौंले प्रथम पुरस्कार नगद ५० हजार नगद ट्रफी र प्रमाणपत्र हात पारेको छ । भने उपविजेता कालाशैनीले द्वितीय पुरस्कार नगद २५ हजार नगद ट्रफी र प्रमाणपत्र मा चित्त बुझाएको छ ।

प्रतियोगिताभर व्यक्तीगत १६१ रन बनाउनुका साथै ७ विकेट हात पार्ने निङ्गलाशैनी क्रिकेट क्लब देहिमाण्डौंका खडक बोहरा म्यान अफ द सिरिज भएका छन । खडकले नगद पाँच हजार नगद पुरस्कार ट्रफी र प्रमाणपत्र पाएको छन ।

विजेता, उपविजेता र म्यान अफ द सिरिजलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द  विपी चिन्तन प्रतिष्ठान बैतडीका अध्यक्ष शिवराज भट्ट र बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष रमेस बोहराले पुरस्कार वितरण गर्नुभयो ।

विपी चिन्तन प्रतिष्ठान बैतडीको प्रायोजन सहयोगमा बैतडी जिल्ला क्रिकेट संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघको संयुक्त आयोजना गरिएकोे थियो ।

राससकर्मी सम्मानित

क्रिकेटको विकासमा लागी कलम चलाएको भन्दै राष्ट्रिय समाचार समिति (रासस) का बैतडी समाचारदाता विनोद सिंह विष्ट सम्मानित भएका छन् ।
पत्रकार विष्टलाई एक कार्यक्रमकाबिच नगद पाँचहजार ,दोसल्ला र प्रसंसापत्रसहित सम्मानित गरिएको हो  ।

कार्यक्रमका प्रमुख अतिथि  वि. पी. चिन्तन प्रतिष्ठान बैतडी शाखाका अध्यक्ष शिवराज भट्ट र जिल्ला क्रिकेट संघ बैतडीका अध्यक्ष रमेस बोहराले दोसल्ला , नगद र प्रमाणपत्रसहित सम्मान गरेको हो  ।

राष्ट्रिय समाचार समिति (रासस) का बैतडी समाचारदाताका रुपमा विगत दुई बर्षदेखि कार्यरत पत्रकार विष्टले बैतडीमा क्रिकेटको विकासका लागी सञ्चारमाध्यमवाट समाचार सम्प्रेसण गर्दै आईराख्नुभएको थियो ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल