प्रज्वल पाैडेल । पुस १,  रामेछाप । नमुनादीप कप खुल्ला पुरूष भलिबल प्रतियाेगितामा युवा संघ नेपाल नागदह बिजयी भएकाे छ । नमुनादीप युवा क्लब र युवा संघ नेपाल नागदह बीच अाज भएकाेफा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल । पुस १,  रामेछाप । नमुनादीप कप खुल्ला पुरूष भलिबल प्रतियाेगितामा युवा संघ नेपाल नागदह बिजयी भएकाे छ । नमुनादीप युवा क्लब र युवा संघ नेपाल नागदह बीच अाज भएकाेफा"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नमुनादीप कप खुल्ला पुरूष भलिबलमा युवा संघ नेपाल नागदह बिजयी

२ पुष २०७३, शनिबार ०२:५७

प्रज्वल पाैडेल । पुस १,  रामेछाप । नमुनादीप कप खुल्ला पुरूष भलिबल प्रतियाेगितामा युवा संघ नेपाल नागदह बिजयी भएकाे छ । नमुनादीप युवा क्लब र युवा संघ नेपाल नागदह बीच अाज भएकाेफाईनल खेलमा २३-२५, १६-२५,१८-२५ अंक ल्याउदै प्रथम बनेकाे हाे ।  याे सँगै अायाेजक टीम नमुनादीप युवा क्लब द्वितीय भएकाे छ ।

यस्तै हिमगंगा शान्ती क्लब टारकेराबारी अाेखलढुगा तृतिय भएकाे छ । अाज विहान हिमगंगा शान्ति क्लब टारकेराबारी अाेखलढुङ्गा र गाम्नाङटार सेवा समाज अाेखलढुगा वीच भएकाे खेलमा २५-२६, २६-२४, २५-१९, १९-२५, १५-११ अंक ल्याउदै टारकेराबारी तृतिय भएकाे हाे । 

 प्रतियोगितामा  प्रथम हुने टीमलाई १ लाख, द्वितीयलाई ५० हजार र तृतीय हुने टीमलाई २५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र  प्रदान गरिएकाे छ । कार्यक्रमका लागी प्रथम पुरस्कार गाेविन्द खड्का, द्वितीय पुरस्कार दिनेश पाैडेल र तृतिय पुरस्कार मिलन विष्टले प्रदान गर्नुभएकाे हाे ।

ख्ेलमा उत्कृष्ट खेलाडी बुद्धिराम चाैधरी, बेस्ट स्पाईकर सराेज हायु, बेस्ट लिब्राे बीरेन्द्र प्रसाद चाैधरी , बेस्ट ब्लकर धु्रव पाैडेल र बेस्ट सेटर उत्सब खड्का छनाैट भएका छन् ।नमुनादीप युवा क्लब सैपुकाे अायाेजनामा मंगलबारबाट सुरू भएकाे खेलमा ८ टीमकाे सहभागीता रहेकाे थियाे ।

यसैविच खेल समापन समाराेहमा बाेल्दै प्रमुख अतिथि एमाले नेता एवम् समाजसेवी गाेविन्द खड्काले राष्ट्रिय खेलाडि सहभागी गराएर खेल खेलाउनु निकै महत्त्वपूर्ण भएकाे बताउनुभयाे । उहाँले अरूणाेदय मावि सैपु र चाेक्टेखाेला लघुजलविद्युत् अायाेजना सैपु ७ लाई ५१/५१ हजार रूपैया सहयाेग गर्ने घाेषणा गर्नुभएकाे छ । खड्काले सैपुमा विद्धुत जडानका लागि अावश्यक सहयाेग गर्ने प्रतिवद्धता समेत जनाउनुभएकाे छ । यस्तै पुर्व सांसद एवम् एमाले नेता कमल प्रकाश सुनुवारले सरकार संविधान कार्यान्वयन गर्नुपर्ने बेला संविधान संशाेधन गर्न लागेकाे बताउनुभयाे । उहाँले जनताकाे जनजिविकाकाे पक्षमा एमाले सधै लागि पर्ने बताउनुभयाे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु