२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पुर्वाञ्चल सिंगिङ स्टार–४ बनेँ दिलेन

२०७३, २३ माघ आईतवार ०२:४०

प्रकाश धौलाकोटी/माघ २३, तेह्रथुम । पुर्वान्चल सिंगिङ स्टार–४ को ताज तेह्रथुमको दाँगपाका दिलेनबाबु माबोहाङले जितेका छन् । पुर्वाञ्चल बागिना कला केन्द्रको आयोजनामा भएको पुर्वान्चल व्यापी प्रतियोगितामा माबोहाङले पुर्वका विभिन्न जिल्लाका प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । 

धरानको सैनिक भवनमा शनिबार सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा धरानकी आस्था अधिकारी दोस्रो र झापाका गायन लिम्बु तेस्रो भएका छन् । विजेत ाबनेका दिलेन बाबुले ५० हजार नगद पुरस्कार पाएका छन् भने दास्रो हुने आधिकारीले नगद २५ हजार र तेस्रोले १५ हजार प्राप्त गरेका छन् । 

प्रतियोगिताकोलागि दोश्रो पुरस्कार समाजसेवी सरिता चाम्लिङले र तेश्रो पुरस्कार देब बाँस्कोटाले प्रायोजन गरेको पुर्वाञ्चल बागिना कला केन्द्रका संयोजक भक्तिराज राईले बताए । यस अघि पहिलो पुर्वान्चल सिंगिङ स्टार तेह्रथुमकै संगम चोङबाङ, दोश्रो ताप्लेजुङकी प्रकिती थलङ र तेश्रो भोजपुरका सृजना तामाङले जितेका थिए । 

यसैबीच प्रतियोगिता अवधिभर निरन्तर समाचार सम्प्रेषण गरी सहयोग गरेको भन्दै तेह्रथुमका पत्रकार भगिश्वर लिम्बु सहित ३ जना पत्रकार पुरस्कृत भएका छन् । पुर्वान्चल वागिना कला केन्द्रले नागरिक दैनिकका संवाददाता तथा रेडियो मेन्छ्यायेमका समाचार प्रमुख भगिश्वर लिम्बु, धरानका पत्रकार रोहित राई र ब्लाष्ट टाइम्सका शेखरनाथ जोगीलाई नगद ५ हजार ५५ सहित प्रमाण पत्रले सम्मान गरेको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने