माघ २३, बिर्तामोड । मोफशलकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता दोस्रो रमपम झापा गोल्डकपको फाइनल खेल सोमबार हुँदैछ ।

बिर्ताबजारस्थित डोमालाल राजवंशी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २३, बिर्तामोड । मोफशलकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता दोस्रो रमपम झापा गोल्डकपको फाइनल खेल सोमबार हुँदैछ ।

बिर्ताबजारस्थित डोमालाल राजवंशी"/>

१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दोस्रो रमपम झापा गोल्डकपको फाइनल खेल सोमबार हुँदै

२३ माघ २०७३, आईतवार १२:०७


माघ २३, बिर्तामोड । मोफशलकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता दोस्रो रमपम झापा गोल्डकपको फाइनल खेल सोमबार हुँदैछ ।

बिर्ताबजारस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी प्रतियोगिताको उपाधिका लागि आयोजक टोली रमपम झापा–११ र यो सिजनकै सर्वाधिक सफल मानिएको मनाङ मस्र्याङ्दी फुटबल क्लब मैदान उत्रिदैछन् । 

घरेलु टोली झापा–११ ले शुक्रबारको पहिलो सेमिफाइनल खेलमा हिमालयन शेर्पालाई ४–०  गोलअन्तरले पन्छाउँदै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको थियो । मनाङले भने शनिबारको अन्तिम सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा आयोजक टोली झापा ११ सँगको भेट पक्का गरेको हो । यी दुबै टोलीले कम्तिमा नगद ३ लाख ५० हजार रुपैयाँ सुरक्षित गरिसकेका छन् । र, उपाधि उचाल्ने लक्ष्यका साथ सोमबार भिड्न लागेका हुन् ।

डिफेन्डिङ च्याम्पियन आर्मी यसपटक सेमिफाइनलबाटै घर फर्किएपछि आफ्नो टिमलाई केही सहज महसुस भएको झापा–११ का कप्तान प्रवेश कटुवालले बताए । ‘फाइनलमा मनाङसँगै भेट होस् भन्ने हामी पनि चाहन्थ्यौँ,’ आइतबार रङ्गशालामा आयोजित प्रि–म्याच कन्फरेन्समा प्रवेशले भने, ‘आर्मी शारीरिक रुपमा बलियो टोली थियो । मनाङ र हामी (झापा–११) टेक्निकल्ली बलियो छौँ ।’

गत वर्षको झापा गोल्डकपमा घरेलु टोली झापा–११ आर्मीसँग १–० गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो । ‘गत वर्षको हारको पीडा भुलाउन यसपटक जीतको विकल्प छैन,’ प्रवेशले भने । झापा–११ फाइनलमा ४–३–३ को पोजिसनमा मैदान उत्रिने उनले जानकारी दिए । टिमवर्क नै झापा–११ का लागि जित्ने आधार भएको बताएका उनले सबै खेलाडी फाइनल भिड्न तयार रहेको प्रतिक्रिया दिए । 

मनाङका प्रशिक्षक छिरिङ गुरुङले आफ्नो टिम यो सिजनमा सशक्त रहेको दाबी गरे । गत वर्षको झापा गोल्डकपको सेमिफाइनलमा मनाङ आर्मीसँग पराजित भएको थियो । यसपटक सेमिफाइनलमै आर्मीलाई हराउँदै मनाङले बदला लियो । आर्मीलाई पाखा लगाएपछि उपाधि जित्नेमा आफूहरु ढुक्क रहेको प्रशिक्षक गुरुङ बताउँछन् । उद्दपि, उनले फाइनल खेलका लागि टिमको रणनीति भने सुनाउन चाहेनन् । ‘हाम्रो रणनीतिसँगै केही खेलाडी पनि फेरिन सक्छन्,’ उनले भने । टोली मजबुत रहेसँगै टिमवर्क पनि राम्रो हुनु नै उपाधि उचाल्ने आधार भएको उनको भनाई छ । प्रशिक्षक गुरुङले विक्रम लामा र रोहित चन्द आएपछि मनाङ झनै बलियो भएको बताए । 

अघिल्लो सिजनमा झापा र मनाङ २ पटक आमने–सामने भएका थिए । दुईवटै भिडन्तमा मनाङले बाजी मारेकाले मनोबल उच्च रहेको गुरुङ बताउँछन् । उनले झापा–११ को मिडफिल्डको भने तारिफ गरे ।

यसअघि झापा र मनाङको भेट ६ पटक भइसकेको छ । जसमा मनाङले ४ खेल जित्दा झापाले २ वटा मात्र जीत निकाल्न सकेको थियो । एक विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद सात लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने