४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

तेह्रथुममा नवौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

१३ फाल्गुन २०७३, शुक्रबार ०४:०२

प्रकाश धौलाकोटी/फागुन १३, तेह्रथुम । जिरिखिम्ती बजारमा विहीबारबाट ९ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहालले विद्यार्थी जीवनमा खेलकुद महत्वपुर्ण रहेको बताए । 

उनले जिल्लामा खेलकुद पुर्वाधार विकासकालागि मन्त्रालय ले यो वर्ष ८० लाख बढी बजेट विनियोजन गरेको सार्वजनिक गरे । सचिव दाहालले जिल्लामा खेलकुद विकास समितिको भवन नभएको भन्दै त्यसको निर्माणका लागि प्रक्रिया अघि बढाउन भन्दै आफुले मन्त्रालयबाट सक्दो छिटो बजेट व्यवस्था गर्ने बताए । उनले जिल्लामा एकिकृत खेल पुर्वाधार विकासकालागि समेत पहल गर्न आग्रह गरे । 

सबै पुर्वाधार एकै ठाउँ मा निर्माण गर्न सकिनेगरि जग्गा व्यवस्थापन गरी प्रक्रिया अघि बढाउन उनले भने । प्रतियोगिताको उद्धघाटन समारोहमा प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, स्थानीय विकास अधिकारी प्रलादकुमार कार्की, जिल्ला शिक्षा अधिकारी कृष्ण प्रसाद पोख्रेल, एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारी, कानुनविद् टिकाराम भट्टराई र नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य गोविन्दराज श्रेष्ठले शुभकामना मन्तव्य राखे । 

कार्यक्रममा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै पुर्व खेलाडी टिकाराम खुलाल, किशोर सम्वाहाम्फे, सोम लिम्वु, केशव रिमाल, उमेश कन्दङ्गवा र गर्जमान लिम्वु लगायतलाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको छ । उद्धघाटन कार्यक्रम जिल्ला खेदकुद विकास समितिका अध्यक्ष केशव कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतियोगितामा जिल्लाका ४२ वटा विद्यालय सहभागी छन् । यसैबीच कार्यक्रममा राजनीतिकरण भएको भन्दै आलोचना समेत भएको छ । विहीबारबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगिता सामुदायिक विद्यालय मा अध्ययनरत माध्यमिक स्तरका विद्यार्थी हरुको खेल प्रतिभाको प्रष्फुटन गराउने उदेश्यले युवा तथा खेलकुद मन्त्रालयको तत्वधानमा हरेक वर्ष यो प्रतियोगिता सन्चालन हुने गरेको छ ।

 प्रतियोगिता अन्तर्गत यस वर्ष पनि एथ्लेटिक्स, दौड, रिले, र भलिबल प्रतियोगिता सन्चालन हुनेछन् । विभिन्न प्रतियोगिता तर्फ गरी ७० वटा गोल्ड तथा सिल्भर र ६६ वटा कास्य पदक प्रदान गरिने आयोजकले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ