१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपीएलमा ३२ विदेशी खेलाडी भित्रिदै, कतिमा ल्याउने फ्रेन्चाइजले नै तय गर्ने 

२१ आश्विन २०८१, सोमबार १४:२८

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि आइतबार ८ वटा फ्रेन्चाइजले १०-१० खेलाडी खरिद गरेका छन्। हरेक फ्रेन्चाइजले तीन ‘ए’ क्याटोगोरी, चार ‘बी’ क्याटोगोरी, र तीन ‘सी’ क्याटोगोरीका खेलाडी भित्र्याएका हुन्।

‘ए’ क्याटोगोरीमा खेलाडीको बेस प्राइस १० लाख र अधिकतम मूल्य १५ लाख रुपैयाँ थियो। यसैगरी, ‘बी’ क्याटोगोरीमा बेस प्राइस ५ लाख र अधिकतम १० लाख तथा ‘सी’ क्याटोगोरीमा बेस प्राइस २ लाख र अधिकतम ५ लाख रुपैयाँ तोकिएको थियो।
यस ड्राफ्टमा १० जना खेलाडी १५-१५ लाख रुपैयाँमा बिक्री भएका छन्। एकभन्दा बढी टोलीले दाबी गरेका खेलाडीहरूको हकमा गोलाप्रथाबाट टुंगो लगाइएको थियो।

यसअघि, ८ वटा फ्रेन्चाइजका ८ मार्की खेलाडीहरू तय भइसकेका छन्, जसले जनही २० लाख रुपैयाँ पारिश्रमिक पाउनेछन्। प्रत्येक १६ सदस्यीय टीममा अब ४ जना विदेशी खेलाडी समावेश गर्ने कोटा बाँकी रहेको छ, जसमा एक जना एसोसियट टोलीको खेलाडी अनिवार्य गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार विदेशी खेलाडीहरू भित्र्याउनका लागि सम्बद्ध फ्रेन्चाइजहरूले नै समन्वय गरिरहेका छन्। लामाले भने, “विदेशी खेलाडी कसलाई, कतिमा ल्याउने भनेर फ्रेन्चाइजले नै तय गर्नेछन्। त्यसपछि उनीहरूले एनपीएल आयोजकसँग समन्वय गर्नेछन्।”
विदेशी खेलाडीहरूको पारिश्रमिकका लागि कुनै सीमा तोकिएको छैन। फ्रेन्चाइजहरूले आफ्नो आर्थिक क्षमताअनुसार खेलाडी चयन गर्न पाउनेछन्। वर्क पर्मिटका विषयमा फ्रेन्चाइजहरूले क्यानसँग समन्वय गर्नेछ।

विदेशी खेलाडीहरू कहिलेसम्म भित्र्याइसक्ने भन्ने विषयमा अझै निर्णय नभएको र यसबारे छलफलपछि मिति तोकिने जानकारी प्रवक्ता लामाले दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव