१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साफ महिला च्याम्पियनसिप कार्तिक १ गतेदेखि सुरु

२२ आश्विन २०८१, मंगलवार १३:१६

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो कार्तिक १ देखि साफ महिला च्याम्पियनसिप २०२४ आयोजना गर्ने भएको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी संघले दक्षिण एसियाली फुटबल महासंघ (साफ)को तालिका अनुसार कार्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिप २०२४ आयोजना गर्न लागेको जानकारी दिएको हो ।

प्रतियोगितामा नेपाललगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन् ।
प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ । हाल २७ जना खेलाडीहरु एन्फाको बन्द प्रशिक्षणमा सहभागी छन् ।

एन्फाले प्रतियोगिताको लागि टिकेटिङ्ग अधिकारको लागि सुचना जारी गरिसकेको छ ।
प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर स्कुलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको अनुमानित बजेट रु ४,००,६०,८०० (३,०८,१६० अमेरिकी डलर) रहेको छ ।

नेपालीहरुको महान् चाड बडादशैं २०८१ को सबै पत्रकारहरुलाई शुभकामना व्यक्त गर्दै यस प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्ने एन्फाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो