२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाली फुटबल प्रशिक्षक हुमाँगाईले प्राप्त गरे ’फिफा–प्रो’ लाइसेन्स

२०८१, २४ आश्विन बिहीबार ११:२०

काठमाडौं । फुटवल प्रशिक्षकमा प्रदिप हुमाँगाई विश्व फुटबल फिफा अन्तर्गत प्रशिक्षकहरुले प्राप्त गर्ने ‘फिफा–प्रो’ लाइसेन्स प्राप्त गरेका छन् । उक्त लाइसेन्स प्राप्त गर्ने उनी पहिलो नेपाली प्रशिक्षक बनेका छन् ।

प्रदिपले १६ महिनाको लामो अध्ययनपछि मंगलबार अर्जेन्टिनाबाट फिफा प्रो लाइसेन्स प्राप्त गर्न सफल भएका हुन । अमेरिकामा बसेर फुटबल प्रशिक्षणसंगै अध्ययनमा सक्रिय ४३ वर्षिय हुमागाईले धेरैको माया र आशीर्वादका कारणले नै आफूले महत्वपूर्ण उपलव्धि हासिल गर्न सकेको प्रतिक्रिया दिए ।

हुमागाईले सन २००९ बाट फुटबल प्रशिक्षकको रुपमा आफ्नो जीवन सुरुवात गरेका थिए । १५ वर्षको लामो अध्ययन विभिन्न क्लवहरुमा प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै उनले नेपालबाट एफसी ‘बि’ र ‘ए’ क्याटोगोरीको लाइसेन्स समेत प्राप्त गरेका थिए ।

सन् २००३ मा काठमाडौंमा भएको बंगलादेशसंगको मैत्रीपूर्ण खेलमा उनको प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय टिमले ३–१ ले जित हात पारेको थियो ।

काठमाडौं विश्वविद्यालयमा महिला प्रशिक्षकको रुपमा सुरुवात गरेका हुमागाईले नेपाली ए डिभिजनको क्लब थ्रिस्टार क्लब, ललितपुर एफसी, भुटनिज यूथ स्पोर्टस क्लब अमेरिकालगायतको टोली प्रशिक्षण दिएको अनुभव संगालेका छन् । नयाँ उचाइसँगै अब नेपाली राष्ट्रिय फुटबल टिमको नेतृत्व सम्हाल्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त