१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पोल्याण्डमाथि पोर्चुगलको शानदार जित, शतप्रतिशत जितको लय कायम

२७ आश्विन २०८१, आईतवार ०९:४४

काठमाडौं । युइएफए नेशन्स लिगको समूह १ मा पोर्चुगलले पोल्याण्डलाई ३–१ ले पराजित गर्दै आफ्नो शतप्रतिशत जितको लयलाई कायम राखेको छ ।

खेलको २६औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए, जुन निकै राम्रो टिम मुभबाट आयो । त्यसपछि ३७औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले राफाएल लेओको पोस्टमा लागेको प्रहारको रिबाउन्डमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए ।

पोल्याण्डका लागि पिओटर जिएलिन्स्कीले ७८औं मिनेटमा गोल गर्दै अन्तर २–१ बनाए पनि ८८औं मिनेटमा पोल्याण्डका जन बेद्नारेकले आत्मघाती गोल गरेपछि खेलको नतिजा पोर्चुगलको पक्षमा पुग्यो ।

अब पोर्चुगलले आफ्नो अर्को खेल मंगलबार अन्तिम स्थानमा रहेको स्कटल्याण्डसँग खेल्नेछ भने पोल्याण्डले शीर्ष दुई स्थानको लागि मुख्य प्रतिद्वन्द्वी क्रोएसियालाई घरेलु मैदानमा स्वागत गर्नेछ।

यही समूहमा रहेको क्रोएसिया विजयी भएको छ । शनिबार राति भएको खेलमा क्रोएसियाले स्कटल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

स्कटल्याण्डले खेलको सुरुवातमै अग्रता लिएको थियो तर भारको विवादास्पद निर्णयका कारण अन्तिम समयमा बराबरी गोल अस्वीकृत भएपछि स्कटल्याण्डलाई अंकविहीन हुनुपर्यो ।

स्कटल्याण्डले खेलको पहिलो गोल ३२ औं मिनेटमा गर्यो । बिली गिलमोरले बल खोसेपछि बेन डोकले दायाँ किनारबाट क्रस गरे, जसले क्रोएसियाली डिफेन्सले क्लियर गर्न नसकेको बललाई रयान क्रिस्टिले उक्त गोल गर्दै अग्रता दिलाए ।

तर, स्कटल्याण्डले आफ्नो अग्रता लामो समय टिकाउन सकेन । चार मिनेट पछि, इभान पेरिसिचले बल कटब्याक गरे र इगोर मातानोभिकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै क्रोएसियालाई खेलमा फर्काए ।
क्रोएसियाले खेलमा अग्रता ७०औं मिनेटमा लियो । सासा सोजाको प्रहारलाई गोलरक्षक क्रेग गोर्डनले रोक्ने प्रयास गरे पनि, बल हावामा रहेका बेला आन्द्रेज क्रामारिचले हेडर गर्दै गोल गरे । यस गोलले क्रोएसियालाई २–१ को अग्रता दिलायो ।
खेलको अतिरिक्त समयमा, स्कटल्याण्डका चे एडम्सले क्रोएसियाका खेलाडीको टचबाट बललाई जालीमा पु¥याए । तर भारको जाँच पछि, एडम्स अफसाइड भएको पुष्टि भएपछि गोल रद्द गरियो । यस निर्णयले स्कटल्याण्डलाई निराश बनायो र उनीहरू अंकविहीन रहन बाध्य भए । जितसँगै समूह ए को १ मा ९ अंकसहित पोर्चुगल शीर्ष स्थानमा छ। क्रोएसिया ६ अंकसहित दोस्रो र पोल्यान्ड ३ अंकसहित तेस्रो तथा बिना अंक स्कटल्यान्ड पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव