१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतीय कप्तान रोहित शर्माले मागे माफी

२ कार्तिक २०८१, शुक्रबार १३:२१

काठमाडौँ | भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले न्यूजिल्यान्डविरुद्ध जारी टेस्ट खेलमा भारतको लज्जास्पद प्रदर्शनपछि माफी मागेका छन्।
बैङ्गलोरमा बिहीबारदेखि सुरु भएको टेस्ट म्याचमा भारतले पहिलो पारीमा मात्र ४६ रनमै अलआउट हुँदै खराब इतिहास रच्यो। न्यूजिल्यान्डले दोस्रो दिन बलियो स्थितिमा खेलिरहेको छ, र यो भारतको टेस्ट इतिहासमा घरमै भएको सबैभन्दा कम स्कोर हो।


रोहित शर्माले यो लज्जास्पद नतिजाको जिम्मेवारी लिँदै आफ्नो निर्णयप्रति गल्ती भएको स्वीकारेका छन्। उनले टस जितेपछि पहिले ब्याटिङ गर्ने निर्णय गलत सावित भएको बताए। “पिचको अवस्था पहिलो सेशनमा महत्वपूर्ण हुने सोचेको थिएँ, तर त्यसो भएन,” शर्माले भने।
उनले टिम चयनको गल्ती पनि स्वीकार्दै पिचमा धेरै घाँस नभएकाले स्पिनर कुलदीप यादवलाई टिममा ल्याइएको बताए। “कुलदीपले यस्ता पिचमा राम्रो प्रदर्शन गर्दै आएका थिए र विकेट पनि लिँदै आएका थिए। तर, सोचेको उल्टो भई हामी कम स्कोरमै अलआउट भयौं,” शर्माले भने।
रोहितले माफी माग्दै प्रशंसकहरूसँग भरोसा नगुमाउन आग्रह गरे र आगामी खेलहरूमा सुधार गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव