२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतीय कप्तान रोहित शर्माले मागे माफी

२०८१, २ कार्तिक शुक्रबार १३:२१

काठमाडौँ | भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले न्यूजिल्यान्डविरुद्ध जारी टेस्ट खेलमा भारतको लज्जास्पद प्रदर्शनपछि माफी मागेका छन्।
बैङ्गलोरमा बिहीबारदेखि सुरु भएको टेस्ट म्याचमा भारतले पहिलो पारीमा मात्र ४६ रनमै अलआउट हुँदै खराब इतिहास रच्यो। न्यूजिल्यान्डले दोस्रो दिन बलियो स्थितिमा खेलिरहेको छ, र यो भारतको टेस्ट इतिहासमा घरमै भएको सबैभन्दा कम स्कोर हो।


रोहित शर्माले यो लज्जास्पद नतिजाको जिम्मेवारी लिँदै आफ्नो निर्णयप्रति गल्ती भएको स्वीकारेका छन्। उनले टस जितेपछि पहिले ब्याटिङ गर्ने निर्णय गलत सावित भएको बताए। “पिचको अवस्था पहिलो सेशनमा महत्वपूर्ण हुने सोचेको थिएँ, तर त्यसो भएन,” शर्माले भने।
उनले टिम चयनको गल्ती पनि स्वीकार्दै पिचमा धेरै घाँस नभएकाले स्पिनर कुलदीप यादवलाई टिममा ल्याइएको बताए। “कुलदीपले यस्ता पिचमा राम्रो प्रदर्शन गर्दै आएका थिए र विकेट पनि लिँदै आएका थिए। तर, सोचेको उल्टो भई हामी कम स्कोरमै अलआउट भयौं,” शर्माले भने।
रोहितले माफी माग्दै प्रशंसकहरूसँग भरोसा नगुमाउन आग्रह गरे र आगामी खेलहरूमा सुधार गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति