२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो

२०८१, २ कार्तिक शुक्रबार १९:४०

काठमाडौं। साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत अहिले नेपाल र भुटानबीच खेलमा दुवै पक्षले गोल गर्न नक्सदा बराबरी अंक बाडेका छन् ।

साफ वुमन्स च्याम्पियनसिप ईतिहासमा नेपाल पहिलो पटक भुटानलाई हराउन असफल रह्यो । साफमा कुनै पनि टिमसँग नेपालको यो पहिलो बराबरी हो । नेपाली गोल मेसिन सावित्रा भण्डारी साम्बा नहुँदा नेपाललाई गोल गर्नै संघर्ष भयो । यस खेलमा सावित्राको अभाव प्रष्ट देखिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपालले केही अवसर पाएपनि फिनिसिङ चुस्त राख्न सकेन । नेपालले धेरै अवसरहरु गुमाउन पुग्यो । खेलको अन्त्यतिर भुटानले नेपाललाई निकै दवाबमा राखेर खेलेको थियो।

नेपालको टिम कम्बिनेसमै समस्या देखिएको फाइदा उठाउँदै भुटानले खेलमा नेपाललाई गोल गर्ने अवसर दिएन ।

खेलमा भुटानी गोलकिपर संगिता मोनगरले उत्कृष्ट बचाऊहरु गर्दै नेपाललाई अग्रता दिनबाट रोक्न सफल भईन् ।

बराबरीपछि समूह ए मा दुवै टोलीले समान १ अंक जोडेका छन् । नेपालले अब सोमबार माल्दिभ्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त