१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा

३ कार्तिक २०८१, शनिबार ०८:५४

काठमाडौं । न्युजिल्याण्ड १४ वर्षपछि पहिलो पटक आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा पुगेको छ ।

शारजाहमा भएको खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो ।

वेस्ट इन्डिजकी डिएन्ड्रा डोटिनको चार विकेट लिँदै २२ रनको प्रदर्शनले न्युजिल्याण्डको ब्याटिङलाई निरन्तर दबाबमा राख्यो । जर्जिया प्लिमरले ३३ रनको सर्वाधिक योगदान दिएर न्युजिल्याण्डलाई १२८ रनको सम्मानजनक स्कोरसम्म पुर्याइन् ।

जवाफमा वेस्ट इन्डिजको सुरुवात खराब रह्यो। इडेन कार्सनले शीर्ष क्रमलाई ध्वस्त पारेपछि अन्त्यतिर डिएन्ड्रा डोटिनले आक्रामक पारामा ३३ रन बनाएर वेस्ट इन्डिजलाई जितको आशा देखाइन् ।

तर, न्युजिल्याण्डले दबाबमा राम्रो खेलेर आफ्नो जित सुनिश्चित गर्यो। अब फाइनलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

पहिला ब्याटिङ रोजेको न्युजिल्याण्डको सुरुवात ढिलो भयो। ४ ओभरको समाप्तिमा १६ रन मात्र बनाएको थियो ।

वेस्ट इन्डिजकी चिनेले हेन्क्रीले लगातार चार ओभर बलिङ गर्दै न्युजिल्याण्डलाई २४ रनमा सीमित गरिन् । करिश्मा रामहराकले अनुभवी सुजी बेट्सलाई २६ रनमा क्लिन बोल्ड गर्दै पहिलो विकेट लिएपछि न्युजिल्याण्ड ४८र१ को स्थितिमा पुग्यो ।

प्लिमरले आक्रामक पारामा खेल्दै चिनेले हेन्क्रीमाथि छक्का प्रहार गरिन्, तर केही बेरपछि हेन्क्रीलाई चोट लागेर मैदान छोड्नुप-यो ।

यसबाट न्युजिल्याण्डको लय बिग्रियो। अमेलिया केर अर्को बलमै आउट भइन् भने प्लिमर १३ औं ओभरको सुरुवातमा डोटिनको स्टम्पिङमा आउट हुँदै ६९÷३ को अवस्थामा न्युजिल्याण्डलाई छोडिन् ।

क्याप्टेन सोफी डिभाइन र ब्रुक हलिडेले १२ रनको साझेदारी गरे पनि डोटिनले फेरि न्युजिल्याण्डलाई दबाबमा राखिन् । अन्तिम ३ ओभरमा न्युजिल्याण्डले ८ रनमा ४ विकेट गुमायो। अन्त्यमा इज्जी गेजÞले केही योगदान दिएर टिमलाई १२८÷९ को स्कोरमा पुर्याइन् ।

वेस्ट इन्डिजको जवाफमा क्याना जोसेफ र हेली म्याथ्युजले धैर्यपूर्वक सुरुवात गरे। तर जोसेफलाई कार्सनले बोल्ड गरेपछि वेस्ट इन्डिजले २५÷२ को स्कोर बनाएर पावरप्ले समाप्त ग-यो । कार्सनले कप्तान स्टेफनी टेलरलाई आउट गरेर वेस्ट इन्डिजको आशा कमजोर बनाइन् ।

डोटिनले आक्रामक पारामा खेल्दै ३ ठूला छक्का प्रहार गरिन् तर केरले उनलाई २२ बलमा ३३ रनमै आउट गरेपछि वेस्ट इन्डिजको जितको सम्भावना समाप्त भयो । अन्तिम ओभरमा वेस्ट इन्डिजलाई १५ रन आवश्यक थियो तर सुजी बेट्सले आठ वर्षपछि विश्वकपमा पहिलो ओभर बलिङ गर्दै न्युजिल्याण्डलाई जिताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव