२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा

२०८१, ३ कार्तिक शनिबार ०८:५४

काठमाडौं । न्युजिल्याण्ड १४ वर्षपछि पहिलो पटक आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा पुगेको छ ।

शारजाहमा भएको खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो ।

वेस्ट इन्डिजकी डिएन्ड्रा डोटिनको चार विकेट लिँदै २२ रनको प्रदर्शनले न्युजिल्याण्डको ब्याटिङलाई निरन्तर दबाबमा राख्यो । जर्जिया प्लिमरले ३३ रनको सर्वाधिक योगदान दिएर न्युजिल्याण्डलाई १२८ रनको सम्मानजनक स्कोरसम्म पुर्याइन् ।

जवाफमा वेस्ट इन्डिजको सुरुवात खराब रह्यो। इडेन कार्सनले शीर्ष क्रमलाई ध्वस्त पारेपछि अन्त्यतिर डिएन्ड्रा डोटिनले आक्रामक पारामा ३३ रन बनाएर वेस्ट इन्डिजलाई जितको आशा देखाइन् ।

तर, न्युजिल्याण्डले दबाबमा राम्रो खेलेर आफ्नो जित सुनिश्चित गर्यो। अब फाइनलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

पहिला ब्याटिङ रोजेको न्युजिल्याण्डको सुरुवात ढिलो भयो। ४ ओभरको समाप्तिमा १६ रन मात्र बनाएको थियो ।

वेस्ट इन्डिजकी चिनेले हेन्क्रीले लगातार चार ओभर बलिङ गर्दै न्युजिल्याण्डलाई २४ रनमा सीमित गरिन् । करिश्मा रामहराकले अनुभवी सुजी बेट्सलाई २६ रनमा क्लिन बोल्ड गर्दै पहिलो विकेट लिएपछि न्युजिल्याण्ड ४८र१ को स्थितिमा पुग्यो ।

प्लिमरले आक्रामक पारामा खेल्दै चिनेले हेन्क्रीमाथि छक्का प्रहार गरिन्, तर केही बेरपछि हेन्क्रीलाई चोट लागेर मैदान छोड्नुप-यो ।

यसबाट न्युजिल्याण्डको लय बिग्रियो। अमेलिया केर अर्को बलमै आउट भइन् भने प्लिमर १३ औं ओभरको सुरुवातमा डोटिनको स्टम्पिङमा आउट हुँदै ६९÷३ को अवस्थामा न्युजिल्याण्डलाई छोडिन् ।

क्याप्टेन सोफी डिभाइन र ब्रुक हलिडेले १२ रनको साझेदारी गरे पनि डोटिनले फेरि न्युजिल्याण्डलाई दबाबमा राखिन् । अन्तिम ३ ओभरमा न्युजिल्याण्डले ८ रनमा ४ विकेट गुमायो। अन्त्यमा इज्जी गेजÞले केही योगदान दिएर टिमलाई १२८÷९ को स्कोरमा पुर्याइन् ।

वेस्ट इन्डिजको जवाफमा क्याना जोसेफ र हेली म्याथ्युजले धैर्यपूर्वक सुरुवात गरे। तर जोसेफलाई कार्सनले बोल्ड गरेपछि वेस्ट इन्डिजले २५÷२ को स्कोर बनाएर पावरप्ले समाप्त ग-यो । कार्सनले कप्तान स्टेफनी टेलरलाई आउट गरेर वेस्ट इन्डिजको आशा कमजोर बनाइन् ।

डोटिनले आक्रामक पारामा खेल्दै ३ ठूला छक्का प्रहार गरिन् तर केरले उनलाई २२ बलमा ३३ रनमै आउट गरेपछि वेस्ट इन्डिजको जितको सम्भावना समाप्त भयो । अन्तिम ओभरमा वेस्ट इन्डिजलाई १५ रन आवश्यक थियो तर सुजी बेट्सले आठ वर्षपछि विश्वकपमा पहिलो ओभर बलिङ गर्दै न्युजिल्याण्डलाई जिताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति