२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोपा लिगमा रिगास एफएसविरुद्ध इन्टरिज फ्राङ्कफटको जीत

२०८१, ९ कार्तिक शुक्रबार ०८:४३

काठमाडौं । युइएफए युरोपा लिगमा इन्टरिज फ्राङ्कफर्टले लाटभियाली क्लब रिगास एफएस (आरएफएस)लाई १–० गोलको कठिन जित दर्ता गरेको छ ।

बिहीबार राति भएको खेलमा मुख्य प्रशिक्षक डिनो टपमोलरले बायर लेभरकुसेनसँगको २–१ को हारपछि आफ्नो टोलीमा चार परिवर्तन गरेका थिए ।

समर साइनिङ क्यान उजुनले आफ्नो पहिलो डेब्यु गरे भने ओरले एमेन्डा, मो डाहुड र इगोर मातानोभिक पनि सुरुवाती खेलाडीको रूपमा आएका थिए । आर्थर थिएटे, ह्युगो लार्सन, मारियो गोट्जे र ह्युगो एकिटिकेलाई विश्राम दिइएको थियो ।

फ्राङ्कफर्ट सिटी फरेस्टमा उपस्थित भएका समर्थकहरूले पहिलो हाफमा खासै रोचक खेल देख्न पाएनन् । फ्राङ्कफर्टले बल नियन्त्रण गरे पनि आरएफएसको उत्कृष्ट डिफेन्स गरेको थियो ।

खेलको १५औं मिनेटमा दुबै टिमले पहिलो अवसर पाएका थिए । जहाँ एडम मर्खियेभको प्रहार गोलको माथिबाट बाहिरियो भने अर्को छेउमा ओमार मर्मोसलाई गोलरक्षक फाब्रिस ओन्डोआले रोकिदिएका थिए ।

३३औं मिनेटमा मातानोभिकले लामो दूरीबाट प्रहार गरे पनि बल पोस्ट नजिकैबाट बाहिरियो । जुनियर डिना एबिम्बेले पनि सीधा गोलरक्षक ओन्डोआतर्फ प्रहार गरे । पहिलो हाफ गोलरहित अवस्थामा टुंग्एिको थियो ।

दोस्रो हाफको सुरुवातमा लार्सनलाई दाहुडको स्थानमा मैदानमा उतारियो र फ्राङ्कफर्टले थप आक्रामक खेल प्रदर्शन गर्न थाल्यो । खेलको ४८औं मिनेटमा तुताले गोल गरे पनि अफसाइडका कारण मान्यता पाएन ।

आरएफएसले काउन्टरमा केही मौका सिर्जना ग¥यो, जहाँ केभिन ट्रापले जानिस इकाउनिक्सको प्रयासलाई रोक्दै उत्कृष्ट बचाउ गरे । ७९औं मिनेटमा फ्राङ्कफर्टले गोलको खडेरी तोड्यो । मर्मोसले लार्सनलाई दिएको पासमा गोल भएको थियो ।

आरएफएसले तुरुन्तै बराबरीको मौका पाए पनि मार्कियेभको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । यो जीतसँगै फ्राङ्कफर्टले तीन खेलमा सात अंक पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति