१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत

१० कार्तिक २०८१, शनिबार १२:११

काठमाडौं । लिगइंग्लिस प्रिमियर फुटबलमा नटिङघम फरेस्ट विजयी भएको छ ।

शनिबार विहान प्रिमियर लिगको इष्ट मिडल्यान्ड्स डर्बीमा नटिङ्घम फरेस्ट लेस्टर सिटीमाथि ३–१ को जित निकाल्दै पाँचौं स्थानमा उक्लिएको छ ।

खेलमा लेस्टरले बल नियन्त्रणमा राखे पनि पाहुना टोली नटिङ्घमले कप्तान रयान याट्सको २० यार्डको गोलमार्फत १६ औं मिनेटमा अग्रता लियो ।
तर, २३ औं मिनेटमा जेमी वार्डीले ह्यारी विङ्कसको उत्कृष्ट पासमा गोल गर्दै लेस्टरलाई बराबरीमा फर्काएका थिए ।

पहिलो हाफमा दुवै टोलीले प्रतिस्पर्धात्मक खेल खेले पनि नटिङ्घम फरेस्टका विङ्गरहरू क्यालम हड्सन–ओडोइ र एन्टोनी एलांगाले दोस्रो हाफमा आक्रमण बढाउँदै लेस्टरमाथि दबाब कायम गरेका थिए ।

दोस्रो हाफको सुरुमै अर्थात् ४७ औं मिनेटमा चिस वुडले उत्कृष्ट बल नियन्त्रण गर्दै गोल गरेपछि फरेस्टले २–१ को अग्रता लिएका थियो ।

६० औं मिनेटमा लेस्टरका वाउट फेसको गल्तीको फाइदा उठाउँदै वुडले नै हेडर गोल गर्दै आफ्नो व्यक्तिगत दोस्रो र फरेस्टको तेस्रो गोल गरेका थिए ।

जितसँगै फरेस्ट पाँचौं स्थानमा उक्लिएको छ । जसले युरोपियन फुटबलमा पुग्ने सपना देख्न सक्ने स्थिति बनाएको छ । उता, लेस्टर १४औं स्थानमा झरेको छ ।

वुडको दुई गोलको महत्वपूर्ण भए पनि खेलमा क्यालम हड्सन–ओडोइको उत्कृष्ट खेल प्रदर्शनले लेस्टरको रक्षा पंक्तिलाई निकै दबाब दिएको थियो । सोही कारण पनि क्यालम खेलको म्यान अफ दी म्याच पनि भए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव