२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने

२०८१, १० कार्तिक शनिबार १२:३१

काठमाडौँ । फ्रान्सका स्ट्राइकर किलीयन एम्बाप्पेले पुर्व क्लब पिएसजीविरुद्धको कानुनी लडाई जितेका छन् ।

एम्बाप्पेलाई पिएसजीले दिनुपर्ने ६० मिलियन डलर पारिश्रमिक बापतको रकम नदिएको भन्दै कानुनी लडाईमा गएका थिए ।

सो विषयको सुनुवाई गरेको लिग डी फुटबल प्रोफेसनल (एलएफपी) ले एम्बाप्पेको पक्षमा निर्णय दिएको छ ।

यसअघि पिएसजीले एम्बाप्पेले क्लबप्रति गरेको प्रतिबद्धता पुरा नगरेर रियल म्याड्रिड गएका कारण सो रकम नदिने बताउदै आएको थियो ।

यसै विषयमा एलएफपीले पिएसजीले एम्बाप्पेलाई सो रकम तिर्नुपर्ने बताएको छ । साथै पिएसजीले यो निर्णयविरुद्ध अपिल गर्न नसक्ने तर फ्रेन्च फुटबल फेडेरेसनको कार्यकारी कमिटीमा रिफर गर्न भने सकिने बताएको छ ।

एम्बाप्पेको पक्षमा फैसला आएपछि पिएसजीले भने खेलाडीले क्लबप्रति गरेको सामान्य प्रतिबद्धता समेत पुरा नगरेको दाबि गर्दै अदालतमा विचाराधीन मुद्धाप्रति हतार गरेर निर्णय गरिएको उल्लेख गरेका छन् | यस विषयमा पिएसजीले अदालत जाने बताएका छन्।

एम्बाप्पे पिएसजीमा २०१८ देखि २०२३ सम्म खेलेका थिए । यसक्रममा उनले पिएसजीका लागि ३०८ खेलमा २५६ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति