१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने

१० कार्तिक २०८१, शनिबार १२:३१

काठमाडौँ । फ्रान्सका स्ट्राइकर किलीयन एम्बाप्पेले पुर्व क्लब पिएसजीविरुद्धको कानुनी लडाई जितेका छन् ।

एम्बाप्पेलाई पिएसजीले दिनुपर्ने ६० मिलियन डलर पारिश्रमिक बापतको रकम नदिएको भन्दै कानुनी लडाईमा गएका थिए ।

सो विषयको सुनुवाई गरेको लिग डी फुटबल प्रोफेसनल (एलएफपी) ले एम्बाप्पेको पक्षमा निर्णय दिएको छ ।

यसअघि पिएसजीले एम्बाप्पेले क्लबप्रति गरेको प्रतिबद्धता पुरा नगरेर रियल म्याड्रिड गएका कारण सो रकम नदिने बताउदै आएको थियो ।

यसै विषयमा एलएफपीले पिएसजीले एम्बाप्पेलाई सो रकम तिर्नुपर्ने बताएको छ । साथै पिएसजीले यो निर्णयविरुद्ध अपिल गर्न नसक्ने तर फ्रेन्च फुटबल फेडेरेसनको कार्यकारी कमिटीमा रिफर गर्न भने सकिने बताएको छ ।

एम्बाप्पेको पक्षमा फैसला आएपछि पिएसजीले भने खेलाडीले क्लबप्रति गरेको सामान्य प्रतिबद्धता समेत पुरा नगरेको दाबि गर्दै अदालतमा विचाराधीन मुद्धाप्रति हतार गरेर निर्णय गरिएको उल्लेख गरेका छन् | यस विषयमा पिएसजीले अदालत जाने बताएका छन्।

एम्बाप्पे पिएसजीमा २०१८ देखि २०२३ सम्म खेलेका थिए । यसक्रममा उनले पिएसजीका लागि ३०८ खेलमा २५६ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव