१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज

१० कार्तिक २०८१, शनिबार १४:२९

काठमाडौं । इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज पाकिस्तानले जितेको छ । निर्णायक खेलमा इंग्ल्याण्डले लज्जास्पद पराजय व्यहोरेको हो ।

तेस्रो दिनको बिहान इंग्ल्याण्ड ११२ रनमै अलआउट हुँदै ‘बाजबल’ युगको सबैभन्दा न्यून योगफलमा समेटियो । पाकिस्तानलाई जितका लागि ३६ रनको सामान्य लक्ष्य मात्र आवश्यक परेको थियो ।

उक्त लक्ष्य मात्र १९ बलमा एक विकेटको क्षतिमा पुरा ग¥यो । कप्तान शान मसुदले विजयी छक्का हान्दै पाकिस्तानलाई तीन म्याचको सिरिजमा २–१ को ऐतिहासिक जित दिलाए ।

पहिलो टेस्टमा १–० को अग्रता बनाएपछि इंग्ल्यान्डको यो पराजय निकै असहज बन्यो । केही समयअघि मात्र इंल्यान्डले मुल्तानमा ९४ वर्षपछि सबैभन्दा ठूलो स्कोर ८२३ रन बनाएको थियो । तर पाकिस्तानले अत्यधिक स्पिन मद्दत दिने पिचहरू बनाएर खेलको गति नै परिवर्तन गरिदियो ।
घरेलु टोलीले फ्यान, हीटर र अन्य उपकरणहरूको प्रयोग गरेर पिचलाई कृत्रिमरूपमा स्पिनमैत्री बनाएको भन्ने अड्कल भए पनि लगातार दुईवटा हार इंल्यान्डको लागि ठूलो झट्का सावित भएको छ ।

पाकिस्तानका स्पिनरद्वय साजिद अली र नोमान अलीले इङ्ग्ल्यान्डको कमजोरीलाई फाइदा उठाउँदै यो खेलमा १० वटै विकेट लिएर श्रृंखलामा कुल ३९ विकेटको रेकर्ड बनाए । यो टेस्टमा जहीद महमुदले मात्र एक विकेट लिँदा बाँकी सबै विकेट साजिद र नोमानले आफ्नो नाममा लेखाए ।

इंग्ल्याण्डले पहिलो पारिमा २६७ रन बनाउँदा जेम स्मिथले सर्वाधिक ८९ रन बनाउँदा बेन डकेटले ५२ रनको योगदान गरे । यस्तै, गुस एटिक्सनले ३९ रन बनाउँदा ज्याकक क्रलीले २९ रन बनाए । कप्तान बेन स्टोक्स १२ रनमा पभेलियन फर्किएका थिए ।

पाकिस्तानले पहिलो पारिमा ३४४ रन बनाउँदै ७७ रनको अग्रता लिएको थियो । पाकिस्तानका लागि सउद शाकेलले १३४ रनको शतकीय पारि खेल्दा साजिद खान ४८ र नोमान अली ४५ रनमा आउट भएका थिए । कप्तान सान मक्सुदले २६ तथा मोहमद रिजवानले २५ रन बनाउँदा सैयम अयुबले १९ रनको पारि खेले ।
७७ रनले पछि परेको इंग्ल्याण्डको दोस्रो पारि ११२ रनमा समेटियो । त्यसपछि पाकिस्तानले ३६ रनको लक्ष्य पाएको थियो । इंग्ल्याण्डका जो रुटले स र्वाधिक ३३ रन बनाउँदा हेरि ब्रुकले २६ रन बनाए ।

बेन डकेटले १२ रन बनाउँदा अरुको प्रदर्शन विर्सनलायक रह्यो । खेलको प्लेयर अफ दी सिरिज पाकिस्तानका साजिद खान बने ।
उनले यो सिरिजमा ७२ रन बनाउँदा १९ विकेट हात पारे । यसैगरी तेस्रो टेस्टको प्लेयर अफ दी म्याच भने सउद सकेल बने । उनले शतकीय पारि खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव