१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा

१० कार्तिक २०८१, शनिबार २१:२६

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटका लागि नेपाली टिमको घोषणा गरिएको छ । नेपालले अमेरिका र स्कटल्याण्डसँग यो सिरिज खेल्दै छ ।

नेपाली टोली क्यानडामा भएको एक दिवसीय सिरिज पछि अमेरिका पुगेको हो । अमेरिकामा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो।  रोहित पौडेलको कप्तानीमा चयन गरिएको यो टोलीमा अनुभवी र प्रतिभाशाली खेलाडीहरूको समावेश गरिएको छ।

अमेरिका र स्कटल्याण्डविरुद्धको सिरिजमा सन्दीप लामिछाने पनि खेल्ने छन् । उनी अमेरिकाविरुद्धको टी २० मा खेलेका थिएनन् ।

क्यानले कप्तान रोहित पौडेलको नेतृत्वमा घोषित १५ सदस्यीय टोलीमा ओपनर कुशल भुर्तेल, अनुभवी विकेटकीपर–ब्याटर आसिफ शेख र अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन्। ओपनर र मध्यक्रममा कुशल मल्ल, आरिफ शेख, अनिल साह, भीम सार्की लगायत खेलाडीले ब्याटिङ जिम्मेवारी सम्हाल्नेछन्।

बलिङतर्फ, सन्दीप लामिछानेको नेतृत्वमा स्पिन आक्रमण सम्हाल्ने जिम्मेवारीमा ललित राजवंशी, कुशल मल्ल र अन्य बलरहरू छन्। मध्यम र तीव्र गतिका बलरहरू सोमपाल कामी, करण केसी र गुल्सन झाको उपस्थिति टिमको बलिङ आक्रमणलाई बलियो बनाउने छ।

बैकल्पिक खेलाडीको रुपमा सागर ढकाल र देव खनाललाई   राखिएको छ।  आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले पहिलो खेल आइतबार अमेरिकाविरुद्ध खेल्नेछ। घरेलु मैदानको फाइदा उठाउँदै अमेरिका पहिलो खेलमा नेपालको लागि चुनौतीपूर्ण प्रतिद्वन्द्वी बन्ने अनुमान गरिएको छ। लिग २ को तालिकामा नेपालले अहिलेसम्म ३ अंक बनाएर आफूलाई सातौं स्थानमा राखेको छ ।

खेल भोली आइतबार नेपाली समय अनुसार बेलुका २१:१५ बजेदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव