२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य

२०८१, ११ कार्तिक आईतवार १३:४७

काठमाडौँ | क्रिकेटमा बलियो राष्ट्रका रूपमा उदाउँदै गरेको अफगानिस्तानका खेलाडीहरुले पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) प्रति चासो देखाएका छन्। अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएका १० खेलाडीले आफूहरु एनपीएल खेल्न इच्छुक रहेको भन्दै एजेन्टमार्फत नाम नेपाल क्रिकेट संघ (क्यान) लाई पठाएका हुन्।

क्यानले ती खेलाडीहरुको नाम र सम्पर्क नम्बर आठवटा फ्रेन्चाइज टिमलाई प्रदान गरिसकेको छ। अब फ्रेन्चाइजहरुले ती खेलाडीहरुसँग प्रत्यक्ष कुरा गरेर सम्झौता गर्न सक्नेछन्। क्यानले मूल्यको कुनै सीमा तोक्न नसकेकाले खेलाडीहरुको भाउ निर्धारण गर्न फ्रेन्चाइजहरुले आफ्नो निर्णय लिन सक्नेछन्।

एनपीएल खेल्न इच्छुक अफगान खेलाडीहरुमा सातजना बलर, दुईजना विकेटकिपर ब्याटर र एकजना टप अर्डर ब्याटर छन्। तीन अफगान खेलाडीले भने आफ्नो पारिश्रमिक माग गर्दै क्यानसँग प्रत्यक्ष सम्पर्क गरेका छन्। ओपनर रमानुल्लाह गुरवाजले १ करोड २० लाख भारु, बलर नविन उल हकले ८० लाख भारु, र स्पिनर मुजिब उर रहमानले ९० लाख भारु मूल्य मागेका छन्। महँगो पारिश्रमिकको कारण यी खेलाडीहरुलाई भित्र्याउन चुनौतीपूर्ण हुने सम्भावना छ।

अन्य सात अफगान खेलाडीहरुले भने आफ्नो मूल्य तोकेका छैनन्, जसमा मोहम्मद इसक, फरिदुन दावुज्दाइ, दौलत जद्रान, वफादार मोमन्द, बसिर साह र इज्रारुल्हक नभिद समावेश छन्।

क्यानको भनाइ अनुसार अफगान खेलाडीहरुबीच एनपीएलप्रति चासो हुनु नेपालका लागि सकारात्मक कुरा हो। अफगान खेलाडीहरुको अनुभव र प्रदर्शनले नेपाली क्रिकेटलाई उचाइमा पुर्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति