१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य

११ कार्तिक २०८१, आईतवार १३:४७

काठमाडौँ | क्रिकेटमा बलियो राष्ट्रका रूपमा उदाउँदै गरेको अफगानिस्तानका खेलाडीहरुले पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) प्रति चासो देखाएका छन्। अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएका १० खेलाडीले आफूहरु एनपीएल खेल्न इच्छुक रहेको भन्दै एजेन्टमार्फत नाम नेपाल क्रिकेट संघ (क्यान) लाई पठाएका हुन्।

क्यानले ती खेलाडीहरुको नाम र सम्पर्क नम्बर आठवटा फ्रेन्चाइज टिमलाई प्रदान गरिसकेको छ। अब फ्रेन्चाइजहरुले ती खेलाडीहरुसँग प्रत्यक्ष कुरा गरेर सम्झौता गर्न सक्नेछन्। क्यानले मूल्यको कुनै सीमा तोक्न नसकेकाले खेलाडीहरुको भाउ निर्धारण गर्न फ्रेन्चाइजहरुले आफ्नो निर्णय लिन सक्नेछन्।

एनपीएल खेल्न इच्छुक अफगान खेलाडीहरुमा सातजना बलर, दुईजना विकेटकिपर ब्याटर र एकजना टप अर्डर ब्याटर छन्। तीन अफगान खेलाडीले भने आफ्नो पारिश्रमिक माग गर्दै क्यानसँग प्रत्यक्ष सम्पर्क गरेका छन्। ओपनर रमानुल्लाह गुरवाजले १ करोड २० लाख भारु, बलर नविन उल हकले ८० लाख भारु, र स्पिनर मुजिब उर रहमानले ९० लाख भारु मूल्य मागेका छन्। महँगो पारिश्रमिकको कारण यी खेलाडीहरुलाई भित्र्याउन चुनौतीपूर्ण हुने सम्भावना छ।

अन्य सात अफगान खेलाडीहरुले भने आफ्नो मूल्य तोकेका छैनन्, जसमा मोहम्मद इसक, फरिदुन दावुज्दाइ, दौलत जद्रान, वफादार मोमन्द, बसिर साह र इज्रारुल्हक नभिद समावेश छन्।

क्यानको भनाइ अनुसार अफगान खेलाडीहरुबीच एनपीएलप्रति चासो हुनु नेपालका लागि सकारात्मक कुरा हो। अफगान खेलाडीहरुको अनुभव र प्रदर्शनले नेपाली क्रिकेटलाई उचाइमा पुर्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव