१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण

११ कार्तिक २०८१, आईतवार १४:४७

काठमाडौँ | अमेरिकाको समयअनुसार आइतवार बिहान र नेपालको समयअनुसार आइतवार राती, नेपाल र अमेरिका बीच आइसीसी विश्वकप लीग-२ अन्तर्गत तेस्रो शृङ्खला खेलिनेछ। यो खेल टेक्ससस्थित ग्रान्डप्रेरी क्रिकेट रङ्गशालामा हुनेछ, जुन नेपालका लागि परिचित छ। गत साता नेपालले घरेलु टोली अमेरिकालाई तीन टी-२० शृङ्खलामा पराजित गरेको थियो।

महत्त्वपूर्ण शृङ्खला
नेपालका लागि यो शृङ्खला निकै महत्त्वपूर्ण छ, किनकि उनीहरू लीग-२ मा सातौँ स्थानमा रहेर संघर्ष गरिरहेका छन्। आगामी चार खेलको नतिजाले नेपाली टोलीको भविष्यको यात्रा निर्धारण गर्नेछ। नेपालले हालसम्म राम्रो प्रदर्शन गर्न नसकेकोले खेलाडीहरूको मनोबलमा चिन्ता फैलिएको छ।

नेपालले अमेरिकासँग तीनवटा टी-२० खेल जितेपछि क्याम्पमा खुसीयाली छाएको थियो, तर अमेरिका ए सँगको ५० ओभरको खेलमा ८० रनमा अल आउट भएपछि चिन्ता फेरि उब्जिएको छ। अमेरिकाले पनि पहिलो खेलमा स्कटल्यान्डसँग १० विकेटले हार व्यहोरेको छ, जसले अमेरिकालाई चुनौती दिइरहेको छ।

टसको महत्त्व
तर विगतभन्दा नेपाल र अमेरिकाबीचको खेलमा टस को भूमिका निकै नै महत्त्वपूर्ण हुने देखिएको छ। प्राप्त जानकारीअनुसार ग्रान्डप्रेरी मैदानमा बिहानको मौसममा ब्याटिङ गर्न गाह्रो छ।

त्यसैले टस जित्ने टोलीले सङ्कोच विना फिल्डिङ गर्ने निर्णय लिनेछ। अमेरिकाविरुद्ध स्कटल्यान्डले त्यही गरेको हो। फलस्वरूप पावर प्लेमा अमेरिकाले ३६ रन बनाउँदा स्कटल्यान्डले पाँच विकेटको सफलता हात पारिसकेको थियो।

नेपालले अभ्यासको तीनवटै टी-२० जिते पनि ती सबै खेल रातीको समयमा खेलिएका थिए। बिहान खेलिएको अमेरिका ए सँगको एकदिवसीय अभ्यासमा भने नेपाल ८० रनमा नै अल आउट हुन पुगेको थियो। राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी दीपेन्द्र चौधरी भन्छन्, “आशा गरौँ नेपालले पहिला टस जितोस् र त्यसपछि खेल।”

लीग-२ मा अमेरिका र नेपालको स्थिति
आठ राष्ट्र सम्मिलित ५० ओभरको एकदिवसीय क्रिकेट स्वरूपको लीग-२ मा अमेरिका बलियो अवस्थामा छ भने नेपालको स्थिति कमजोर छ। अमेरिकाले आठ खेलबाट १२ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ। नेपालले पनि त्यति नै खेल खेलेको छ।

तर टोलीसँग तीन अङ्क मात्र छ। तालिकामा नेपाल भन्दा तल यूएई छ। उसको दुई अङ्क छ।
लीग-२ तालिकामा शीर्ष चार स्थानमा रहन सफल टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनेछन् भने बाँकी चार टोलीले प्ले अफमा सङ्घर्ष गर्नुपर्नेछ। बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव