२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण

२०८१, ११ कार्तिक आईतवार १४:४७

काठमाडौँ | अमेरिकाको समयअनुसार आइतवार बिहान र नेपालको समयअनुसार आइतवार राती, नेपाल र अमेरिका बीच आइसीसी विश्वकप लीग-२ अन्तर्गत तेस्रो शृङ्खला खेलिनेछ। यो खेल टेक्ससस्थित ग्रान्डप्रेरी क्रिकेट रङ्गशालामा हुनेछ, जुन नेपालका लागि परिचित छ। गत साता नेपालले घरेलु टोली अमेरिकालाई तीन टी-२० शृङ्खलामा पराजित गरेको थियो।

महत्त्वपूर्ण शृङ्खला
नेपालका लागि यो शृङ्खला निकै महत्त्वपूर्ण छ, किनकि उनीहरू लीग-२ मा सातौँ स्थानमा रहेर संघर्ष गरिरहेका छन्। आगामी चार खेलको नतिजाले नेपाली टोलीको भविष्यको यात्रा निर्धारण गर्नेछ। नेपालले हालसम्म राम्रो प्रदर्शन गर्न नसकेकोले खेलाडीहरूको मनोबलमा चिन्ता फैलिएको छ।

नेपालले अमेरिकासँग तीनवटा टी-२० खेल जितेपछि क्याम्पमा खुसीयाली छाएको थियो, तर अमेरिका ए सँगको ५० ओभरको खेलमा ८० रनमा अल आउट भएपछि चिन्ता फेरि उब्जिएको छ। अमेरिकाले पनि पहिलो खेलमा स्कटल्यान्डसँग १० विकेटले हार व्यहोरेको छ, जसले अमेरिकालाई चुनौती दिइरहेको छ।

टसको महत्त्व
तर विगतभन्दा नेपाल र अमेरिकाबीचको खेलमा टस को भूमिका निकै नै महत्त्वपूर्ण हुने देखिएको छ। प्राप्त जानकारीअनुसार ग्रान्डप्रेरी मैदानमा बिहानको मौसममा ब्याटिङ गर्न गाह्रो छ।

त्यसैले टस जित्ने टोलीले सङ्कोच विना फिल्डिङ गर्ने निर्णय लिनेछ। अमेरिकाविरुद्ध स्कटल्यान्डले त्यही गरेको हो। फलस्वरूप पावर प्लेमा अमेरिकाले ३६ रन बनाउँदा स्कटल्यान्डले पाँच विकेटको सफलता हात पारिसकेको थियो।

नेपालले अभ्यासको तीनवटै टी-२० जिते पनि ती सबै खेल रातीको समयमा खेलिएका थिए। बिहान खेलिएको अमेरिका ए सँगको एकदिवसीय अभ्यासमा भने नेपाल ८० रनमा नै अल आउट हुन पुगेको थियो। राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी दीपेन्द्र चौधरी भन्छन्, “आशा गरौँ नेपालले पहिला टस जितोस् र त्यसपछि खेल।”

लीग-२ मा अमेरिका र नेपालको स्थिति
आठ राष्ट्र सम्मिलित ५० ओभरको एकदिवसीय क्रिकेट स्वरूपको लीग-२ मा अमेरिका बलियो अवस्थामा छ भने नेपालको स्थिति कमजोर छ। अमेरिकाले आठ खेलबाट १२ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ। नेपालले पनि त्यति नै खेल खेलेको छ।

तर टोलीसँग तीन अङ्क मात्र छ। तालिकामा नेपाल भन्दा तल यूएई छ। उसको दुई अङ्क छ।
लीग-२ तालिकामा शीर्ष चार स्थानमा रहन सफल टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनेछन् भने बाँकी चार टोलीले प्ले अफमा सङ्घर्ष गर्नुपर्नेछ। बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति