२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट)

२०८१, ११ कार्तिक आईतवार १५:०९

काठमाडौं । साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भुटानविरुद्ध बंगलादेशले दोस्रो हाफको खेल जारी रहँदा फराकिलो अग्रता बनाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको दोस्रो हाफ जारी रहँदा भुटानविरुद्ध बंगलादेशले ७–१ को अग्रता बनाएको हो।

बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन्। सविना खातुनले समान दुई तथा रितु पुर्णा चक्मा र सन्जिदा अख्तरले समान एक गोल गरिन्।

खेलको ५८ औँ मिनेटमा तोहुरा खातुनले ह्याट्रिक पूरा गर्दा टोलीका लागि छैटौँ गोल गरिन्।

खेलको ७२ औँ मिनेटमा सन्जिदा अख्तरको कर्नरमा सिलेजेमको गोलमा बंगालदेशदले ७–१ को अग्रता बनायो।

त्यसअघि पहिलो हाफको सातौँ मिनेटमा रितु पुर्णा चक्माले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भयो।

खेलको १५ औँ मिनेटमा तोहुरा खातुनको गोलमा बंगलादेशले अग्रता दोब्बर पार्यो। डीबक्स एरिका नजिक उनले भुटानका दुई डिफेन्डरलाई छक्याउँदै सुन्दर गोल गरिन्।

खेलको २३ औँ मिनेटमा भुटानकी नाम्गेद डेमाको प्रहार बंगालदेशकी गोलरक्षकले पन्च गर्दै जोगाइन्।

खेलको २६ औँ मिनेटमा सविना खातुनको गोलमा बंगालदेशले ३–० को अग्रता बनायो। डिबक्स भित्रबाट मोनिका चक्माको पासमा सविनाले बललाई पोष्टको जाली चुमाइन्।

खेलको ३५ औँ मिनेटमा तोहुरा खातुनको गोलमा बंगालदेशले ४–० को अग्रता बनायो।

खेलको ३७ औँ मिनेटमा कप्तान सविनाको गोलमा बंगलादेशले पहिलो हाफमा नै ५–० को फराकिलो अग्रता बनाएको छ।

सविनाले भुटानका दुई डिफेन्डरलाई बिट गर्दै अघि बढाएको बललाई गोलरक्षकलाई समेत छलाउँदै बललाई उत्कृष्ट फिनिसिङ दिइन्।

खेलको ४१ औँ मिनेटमा डेकी लाजोमको गोलमा भुटानले खेललाई ५–१ को अवस्थामा ल्यायो। छिरिङ लादेनको क्रसमा डेकीले बंगलादेशकी किपर बिट भएको मौका छोप्दै गोल गरेकी थिइन्।

साफ च्याम्पियनसिपमा भुटानले बंगालदेशको पोष्टमा पहिलो पटक गोल गरेको हो।

साफको अघिल्लो संस्करणको सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८–० को फराकिलो अन्तरले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति