१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित

१२ कार्तिक २०८१, सोमबार ०८:४१

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित भएको छ । आइतबार राति भएको खेलमा वेस्टह्यामले युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै ३ अंक लिन सफल भएको हो ।

खेलको अन्तिम समयमा विवादास्पद पेनाल्टीको कारण युनाइटेडको हार भएको हो। पहिलो हाफमै धेरै अवसर गुमाएको युनाइटेडले वेस्ट ह्यामका जारोड बोवेनको पेनाल्टी गोलले हार बेहोर्नुपरेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७४ औं मिनेटमा घरेलु टोली वेस्टह्यामका क्रिसेन्सियो सुमरभिलले डेनियल इंग्सको पासमा गोल गर्दै अग्रता दिलाए ।

८१ औं मिनेटमा जोसुवाको पासमा कासेमिरोले गोल गरेपछि मेनचेस्टर युनाइटेड खेलमा फर्किएको थियो ।

तर, दोस्रो हाफको इन्ज्योरी टाइममा वेस्टह्यामले पेनाल्टी पाएको थियो । भारको सहायताले पाएको पेनाल्टीमा जारोडले गोल गर्दै वेस्टह्यामलाई २–१ को जीत दिलाए ।

जीतपछि वेस्टह्याम र म्यानचेस्टर दुवैको समान ११ अंक भएको छ भने १३ औ र १४ औं स्थानमा रहेका छन् ।

खेल पछि म्यानचेस्टर युनाइटेडका म्यानेजर एरिक टेन हागले वेस्ट ह्यामसँग २–१ को हारलाई ‘अन्यायपूर्ण र अनुचित’ भनेर प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव