१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै बाँडे अंक

१२ कार्तिक २०८१, सोमबार ०९:१६

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

शीर्ष स्थानमा उक्लने लक्ष्यसहित आर्सनलको मैदान इमिरेट्स पुगेको लिभरपुलले जम्मा १ अंकमा चित्त बुझायो ।

लिभरपुल दोस्रो स्थानमा शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १ अंकले पछि रहेको छ । उता आर्सनल भने १८ अंकका साथ तेस्रो स्थानमा छ ।

आर्सनलले पहिलो हाफमै २–१ को अग्रता लिएको थियो । तर खेलको अन्त्यतिर मोहम्मद सलाहले बराबरी गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए ।

आर्सनलका बुकायो साकाले उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई नवौं मिनेटमा अग्रता दिलाएका थिए । तर, लिभरपुलका कप्तान भर्जिल भान डाइकले सेट–पिसको सदुपयोग गर्दै १८ औं मिनेटमा खेललाई बराबरीमा ल्याएका थिए ।

आर्सनलका लागि ४३ औं मिनेटमा मिकेल मेरिनोर्ले गोल गर्दै पहिलो हाफमै टोलीलाई २–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले टिमलाई डिफेन्सिभ खेल खेल्न निर्देशन दिएपछि आर्सनलले आफ्नो अग्रतालाई जोगाउने प्रयास गरिरहेको थियो ।

तर खेलको ८१ औं मिनेटमा डार्विन नुनेजको पासमा मोहम्मद सलाहले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव