२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ?

२०८१, १२ कार्तिक सोमबार १२:३५

काठमाडौँ | आगामी १५ मंसिरदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो सिजनमा आठवटै फ्रेन्चाइज टिम च्याम्पियन बन्ने लक्ष्यसहित तयारीमा जुटेका छन्।

अक्सनबाट नेपाली खेलाडीहरूको अनुबन्धन सकेका यी टिमहरूले विदेशी खेलाडी र ट्यालेन्ट हन्टबाट आउने खेलाडीहरूको चयन प्रक्रिया पनि चाँडै सम्पन्न गर्दैछन्।

यस सिजनमा हरेक टिमले चार विदेशी खेलाडी राख्न पाउने छन् भने मुख्य प्रशिक्षकहरूको घोषणा पनि भइसकेको छ।

प्रशिक्षकहरूको टोली र अनुभव

१. पोखरा एभेन्जर्स: सर्वाधिक महँगो टिम पोखरा एभेन्जर्सले भारतीय पूर्वक्रिकेटर राजीव कुमारलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। उनले चेन्नेई सुपर किंग्समा ब्याटिङ र फिल्डिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन्।

२. काठमाडौं गुर्खाज: नेपाली पूर्वक्रिकेटर बसन्त शाही ठकुरी काठमाडौं गुर्खाजका मुख्य प्रशिक्षक छन्। सन् १९९६ मा नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय खेलको टोलीका सदस्य रहेका उनले नेपाली टोलीका पूर्वसहायक प्रशिक्षकको भूमिका पनि निभाइसकेका छन्।

३. जनकपुर बोल्ट्स: नेपाली टिमका पूर्वकोच पुबुदु दासानायके जनकपुर बोल्ट्सका प्रशिक्षक छन्। पुबुदुले नेपाललाई सन् २०१४ को टी-२० विश्वकप र एकदिवसीय मान्यता दिलाएका थिए।

४. लुम्बिनी लायन्स: भारतका नन्दन फाडनिस लुम्बिनी लायन्सका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। उनले भारतको राष्ट्रिय क्रिकेट एकेडेमी र गोवा क्रिकेट संघमा प्रशिक्षण गराएका छन्।

५. चितवन राइनोज: भारतका पूर्वक्रिकेटर उमेश पटवाल चितवन राइनोजका प्रशिक्षक छन्। उनी नेपाली टिमका पूर्वप्रशिक्षक पनि हुन् र नेपाल टी-२० लिग र एभरेष्ट प्रिमियर लिगमा प्रशिक्षकका रूपमा काम गरिसकेका छन्।

६. सुदूरपश्चिम रोयल्स: लामो समयदेखि नेपाली क्रिकेट प्रशिक्षक रहेका जगत टमाटा सुदूरपश्चिम रोयल्सका प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन्। उनले नेपाली महिला टिमको प्रशिक्षकका रूपमा पनि अनुभव हासिल गरेका छन्।

७. विराटनगर किंग्स: आयरल्याण्डका पूर्वक्रिकेटर केबिन ओ ब्रायन विराटनगर किंग्सका प्रशिक्षक छन्। उनले आयरल्याण्डका लागि तीन टेस्ट, १५३ ओडिआई र ११० टी-२० आई खेलेका छन्।

८. कर्णाली याक्स: नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल कर्णाली याक्सका प्रशिक्षकमा नियुक्त भएका छन्। उनले नेपाली ‘ए’ टोलीको पनि प्रशिक्षकका रूपमा काम गरिसकेका छन्।

प्रशिक्षकहरूको नेतृत्वमा तयारी गरिरहेका यी टिमहरूले एनपिएलको डेब्यू सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति