१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ?

१२ कार्तिक २०८१, सोमबार १२:३५

काठमाडौँ | आगामी १५ मंसिरदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो सिजनमा आठवटै फ्रेन्चाइज टिम च्याम्पियन बन्ने लक्ष्यसहित तयारीमा जुटेका छन्।

अक्सनबाट नेपाली खेलाडीहरूको अनुबन्धन सकेका यी टिमहरूले विदेशी खेलाडी र ट्यालेन्ट हन्टबाट आउने खेलाडीहरूको चयन प्रक्रिया पनि चाँडै सम्पन्न गर्दैछन्।

यस सिजनमा हरेक टिमले चार विदेशी खेलाडी राख्न पाउने छन् भने मुख्य प्रशिक्षकहरूको घोषणा पनि भइसकेको छ।

प्रशिक्षकहरूको टोली र अनुभव

१. पोखरा एभेन्जर्स: सर्वाधिक महँगो टिम पोखरा एभेन्जर्सले भारतीय पूर्वक्रिकेटर राजीव कुमारलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। उनले चेन्नेई सुपर किंग्समा ब्याटिङ र फिल्डिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन्।

२. काठमाडौं गुर्खाज: नेपाली पूर्वक्रिकेटर बसन्त शाही ठकुरी काठमाडौं गुर्खाजका मुख्य प्रशिक्षक छन्। सन् १९९६ मा नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय खेलको टोलीका सदस्य रहेका उनले नेपाली टोलीका पूर्वसहायक प्रशिक्षकको भूमिका पनि निभाइसकेका छन्।

३. जनकपुर बोल्ट्स: नेपाली टिमका पूर्वकोच पुबुदु दासानायके जनकपुर बोल्ट्सका प्रशिक्षक छन्। पुबुदुले नेपाललाई सन् २०१४ को टी-२० विश्वकप र एकदिवसीय मान्यता दिलाएका थिए।

४. लुम्बिनी लायन्स: भारतका नन्दन फाडनिस लुम्बिनी लायन्सका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। उनले भारतको राष्ट्रिय क्रिकेट एकेडेमी र गोवा क्रिकेट संघमा प्रशिक्षण गराएका छन्।

५. चितवन राइनोज: भारतका पूर्वक्रिकेटर उमेश पटवाल चितवन राइनोजका प्रशिक्षक छन्। उनी नेपाली टिमका पूर्वप्रशिक्षक पनि हुन् र नेपाल टी-२० लिग र एभरेष्ट प्रिमियर लिगमा प्रशिक्षकका रूपमा काम गरिसकेका छन्।

६. सुदूरपश्चिम रोयल्स: लामो समयदेखि नेपाली क्रिकेट प्रशिक्षक रहेका जगत टमाटा सुदूरपश्चिम रोयल्सका प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन्। उनले नेपाली महिला टिमको प्रशिक्षकका रूपमा पनि अनुभव हासिल गरेका छन्।

७. विराटनगर किंग्स: आयरल्याण्डका पूर्वक्रिकेटर केबिन ओ ब्रायन विराटनगर किंग्सका प्रशिक्षक छन्। उनले आयरल्याण्डका लागि तीन टेस्ट, १५३ ओडिआई र ११० टी-२० आई खेलेका छन्।

८. कर्णाली याक्स: नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल कर्णाली याक्सका प्रशिक्षकमा नियुक्त भएका छन्। उनले नेपाली ‘ए’ टोलीको पनि प्रशिक्षकका रूपमा काम गरिसकेका छन्।

प्रशिक्षकहरूको नेतृत्वमा तयारी गरिरहेका यी टिमहरूले एनपिएलको डेब्यू सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव