१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

धोनीले आइपीएल खेल्ने

१२ कार्तिक २०८१, सोमबार १६:०५

काठमाडौं । आईपीएल २०२५ को सिजनको तयारी सुरु भइसकेको छ र केही दिनमा फ्रेन्चाइजीहरूले खेलाडीलाई रिटेन गर्ने र रिलिज गर्ने निर्णय गर्दै छन् ।

आसन्न आइपीएलमा यस पटक पनि सबैको नजर सफल फ्रेन्चाइजी क्लब चेन्नाई सुपर किंग्सका पूर्व कप्तान महेन्द्र सिंह धोनीमा हुने छ ।
सबै फ्रेन्चाइजीले ३१ अक्टोबर सम्ममा रिटेन गरिएका खेलाडीको सूची बुझाउनु पर्नेछ ।

चेन्नाईले यस वर्ष धोनीलाई अनक्याप्डप्लेयरको रूपमा राख्नेछ, जसले उनलाई टोलीमा सामेल हुन जारी राख्ने मार्ग प्रशस्त गर्नेछ ।

धोनीले आईपीएल २०२४ अघि सीएसकेको कप्तानी छोडेर रुतुराज गायकवाडलाई टोलीको कमाण्ड सुम्पेका थिए । जसका कारण उनको भविष्यको बारेमा अड्कल बाजी गरिएको थियो ।

अब धोनी आफैले आईपीएल २०२५ खेल्ने संकेत गरेका छन् । उनले पछिल्लो केही वर्षमा खेलाडीको रुपमा खेलेको जुनसुकै क्रिकेटको मजालिन मन लागेको बताएका छन् ।

धोनीले भने, ‘मैले पछिल्ला केहीवर्षमा जति पनि क्रिकेट खेल्न पाएको छु त्यसको मजा लिन चाहन्छु ।

म खेलको रमाइलो गर्न चाहन्छु जसरी बाल्यकालमा हामी साँझ चार बजे बाहिर निस्केर खेल्थ्यौं, खेलको मजा लिन्थ्यौं ।

जब तपाइँ व्यावसायिक रूपमा खेल खेल्नुहुन्छ, कहिले काहीँ यसलाई मजा लिन गाह्रो हुन्छ । मैले गर्ने सबै कुरामा भावना र प्रतिबद्धताहरू समावेश छन्, तर म आगामी केहीवर्षसम्म खेलको आनन्द लिन चाहन्छु ।

भर्खरै, चेन्नई सुपर किंग्सका मुख्य कार्यकारी अधिकारी कासी विश्वनाथनले पनि आउँदो सिजनमा धोनी एक खेलाडीको रूपमा टोलीमा हुनेमा आफू आशावादी रहेको बताएका थिए ।

धोनीले २०२३ मा बायाँ घुँडाको शल्यक्रिया गरिसके पछि २०२४ को आईपीएल सिजनमा तलको क्रममा ब्याटिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव