२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

धोनीले आइपीएल खेल्ने

२०८१, १२ कार्तिक सोमबार १६:०५

काठमाडौं । आईपीएल २०२५ को सिजनको तयारी सुरु भइसकेको छ र केही दिनमा फ्रेन्चाइजीहरूले खेलाडीलाई रिटेन गर्ने र रिलिज गर्ने निर्णय गर्दै छन् ।

आसन्न आइपीएलमा यस पटक पनि सबैको नजर सफल फ्रेन्चाइजी क्लब चेन्नाई सुपर किंग्सका पूर्व कप्तान महेन्द्र सिंह धोनीमा हुने छ ।
सबै फ्रेन्चाइजीले ३१ अक्टोबर सम्ममा रिटेन गरिएका खेलाडीको सूची बुझाउनु पर्नेछ ।

चेन्नाईले यस वर्ष धोनीलाई अनक्याप्डप्लेयरको रूपमा राख्नेछ, जसले उनलाई टोलीमा सामेल हुन जारी राख्ने मार्ग प्रशस्त गर्नेछ ।

धोनीले आईपीएल २०२४ अघि सीएसकेको कप्तानी छोडेर रुतुराज गायकवाडलाई टोलीको कमाण्ड सुम्पेका थिए । जसका कारण उनको भविष्यको बारेमा अड्कल बाजी गरिएको थियो ।

अब धोनी आफैले आईपीएल २०२५ खेल्ने संकेत गरेका छन् । उनले पछिल्लो केही वर्षमा खेलाडीको रुपमा खेलेको जुनसुकै क्रिकेटको मजालिन मन लागेको बताएका छन् ।

धोनीले भने, ‘मैले पछिल्ला केहीवर्षमा जति पनि क्रिकेट खेल्न पाएको छु त्यसको मजा लिन चाहन्छु ।

म खेलको रमाइलो गर्न चाहन्छु जसरी बाल्यकालमा हामी साँझ चार बजे बाहिर निस्केर खेल्थ्यौं, खेलको मजा लिन्थ्यौं ।

जब तपाइँ व्यावसायिक रूपमा खेल खेल्नुहुन्छ, कहिले काहीँ यसलाई मजा लिन गाह्रो हुन्छ । मैले गर्ने सबै कुरामा भावना र प्रतिबद्धताहरू समावेश छन्, तर म आगामी केहीवर्षसम्म खेलको आनन्द लिन चाहन्छु ।

भर्खरै, चेन्नई सुपर किंग्सका मुख्य कार्यकारी अधिकारी कासी विश्वनाथनले पनि आउँदो सिजनमा धोनी एक खेलाडीको रूपमा टोलीमा हुनेमा आफू आशावादी रहेको बताएका थिए ।

धोनीले २०२३ मा बायाँ घुँडाको शल्यक्रिया गरिसके पछि २०२४ को आईपीएल सिजनमा तलको क्रममा ब्याटिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति