२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप लिग–टू : आज नेपालले स्कटल्याण्डसंग प्रतिस्पर्धा गर्दै

२०८१, १३ कार्तिक मंगलवार ०८:५३

काठमाडौं । आइसिसी विश्वकप लिग टूमा मंगलबार नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रेरी रंगशामा हुने खेल आज साँझ सवा ९ बजेदेखि सुरु हुनेछ ।

नेपालले आज खेल्न लागेको लिग–२ को दसौं खेल हो । अहिलेसम्म खेलिसकेको ९ खेलमध्ये ८ खेलमा नेपाल पराजित भएको छ ।

नेदरल्याण्ड्सलाई गत फेब्रुअरीमा ९ विकेटले पराजित गरेको थियो। त्यसयता लिग–२ को खेलमा नेपाल जितबिहीन छ ।

लिग–२ खेल्ने आठ देशमध्ये नेपाल अंकतालिकामा सातौं स्थानमा छ । अमेरिका र स्कटल्याण्डसँग त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले २८६ रन बनाउँदा पनि आइतबार पराजित हुन पुगेको थियो ।

स्कटल्याण्डसँग पछिल्लो पाँच भेटमा नेपालले २ जित र ३ हारको नतिजा निकालेको छ । यसअघि अघिल्लो वर्ष लिग–२ कै त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु मैदानमा स्कटल्याण्डलाई दुवै खेलमा पराजित गरेको थियो ।

अमेरिकामै लिग–२ खेल्नुअघि नेपालले घरेलु टोलीसँग टी–२० सिरिज खेलेको थियो। त्यतिबेला नेपालले सिरिज क्लिन स्विप गरेको थियो। लिग–२को खेलमा भने नेपाल २ विकेटले पराजित हुन पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति