२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालले एक घण्टाभन्दा बढी खेल रोकेको भन्दै भारतले साफमा उजुरी गर्ने

२०८१, १३ कार्तिक मंगलवार १२:१४

काठमाडौं | साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले करिब एक घण्टासम्म खेल रोकेको भन्दै भारतीय फुटबल संघ (एआईएफएफ)ले उजुरी दर्ता गर्ने तयारी गरेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, खेलको भोलिपल्ट एआईएफएफले यो निर्णय लिएको हो।

आइतबार राति भएको खेलका क्रममा रेफ्रीको विवादास्पद निर्णयपछि नेपालले खेल्न अस्वीकार गरेको थियो, जसले गर्दा खेल झण्डै एक घण्टा रोकिएको थियो। उक्त निर्णयले दर्शकहरूलाई आक्रोशित बनाएपछि उनीहरूले मैदानमा बोतलहरू प्रहार गरेका थिए।

खेल पुनः सुरु भएपछि नेपालले गोल गर्दै खेललाई टाइब्रेकरसम्म पुर्याएको थियो। टाइब्रेकरमा नेपालले ४-२ गोलको जित हासिल गर्दै फाइनलमा प्रवेश गर्‍यो।

खेल रोकिनुअघि भारत १-० को अग्रतामा थियो भने नेपाल १० खेलाडीमा सीमित थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति