१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीपले गरे इन्स्टाग्राममा कुशल मल्ल बाहेक टिमका सबै सदस्यलाई अनफलो

१३ कार्तिक २०८१, मंगलवार १४:५०

काठमाडौं | क्रिकेटर सन्दीप लामिछानेले इन्स्टाग्राममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबैलाई अनफलो गरेका छन् । पूर्व कप्तान समेत रहेका उनले सोमबार कुशल मल्ल बाहेक राष्ट्रिय क्रिकेट टोलीका सबै खेलाडीलाई अनफलो गरेका हुन् ।

लामिछानेको इन्स्टाग्राम फलोइङ सूची हेर्ने हो भने अहिले १० ओटा अकाउन्टलाई मात्र फलो गरेको देखिन्छ । त्यसमा पूर्व कप्तान पारस खड्का र शरद भेषवाकरको नाम समावेश छ ।

त्यस बाहेक उनले राष्ट्रिय टिममा नरहेका केही क्रिकेटर र अन्य अकाउन्टलाई पनि फलो गरेका छन् ।

अन्य नेपाली क्रिकेटरको फलोइङ लिस्ट हेर्ने हो भने अधिकांशले लामिछानेलाई फलो गरेको देखिन्छ । कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामीले पनि लामिछानेलाई फलो गरेका छैनन् ।

यही बीच विभिन्न किसिमका अनुमान गरी सामाजिक सञ्जालमा पोस्ट आइरहेका छन् । त्यसमा लामिछाने र अन्य क्रिकेटरबिच अहिले सम्बन्ध राम्रो नभएको लख धेरैले काटिरहेका छन् ।

लामिछानेले आइतबार बेलुका ७ः१७ मा फेसबुकमा एक पोस्ट राखे । त्यसमार्फत उनले ‘छिट्टै केही घोषणा’ गर्ने सङ्केत दिए ।

उक्त पोस्टमा कमेन्ट गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले थुप्रै अड्कल काट्न थाले । खासगरी अमेरिकामा जारी क्रिकेट वर्ल्डकप लिग टु सिरिज खेल्न नेपाली टोलीमा समावेश हुन अमेरिका पुगेका लामिछानेले एक्कासी के घोषणा गर्न लागे भन्ने कौतूहलता धेरैलाई भयो ।

केहीले लामिछानेको पोस्टलाई गम्भीरतापूर्वक लिएर उनले क्रिकेटबाट सन्यास लिन लागेका हुन् कि भन्ने लख काटे । अनि कतिपयले केही राम्रो समाचार आउने आशा व्यक्त गरे भने कतिले त्यसलाई मजाकको विषय बनाए ।

यसअघि पनि लामिछानेले आफ्ना सबै सामाजिक सञ्जालका अकाउन्ट डिएक्टिभेट गरेका थिए । त्यसको केही दिनमा उनी सामाजिक सञ्जालमा पुनः सक्रिय भए । तर, अकाउन्ट डिएक्टिभेट गर्नुको कारण भने कहीं खुलाएनन् ।

आशा गरौं उनले ‘केही घोषणा गर्ने’ विषय र टिममेटहरूलाई इन्स्टाग्राममा अनफलो गर्नुको कारण छिट्टै बाहिर आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव