१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

स्कटल्याण्डमाथि नेपाल पाँच विकेटले विजयी

१४ कार्तिक २०८१, बुधबार ०७:१९

काठमाडौं । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डमाथि नेपालले पाँच विकेटको जित निकालेको छ ।

पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको नेपालले १५५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा २९.५ ओभरमा परा गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो ।

स्कटल्याण्डलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । त्यस्तै, करण केसी, सोमपाल कामी र गुल्सन झाले दुई÷दुई विकेट हात पारे ।

अलराउण्ड प्रदर्शन गरेका आरिफ शेखले बलिङतर्फ तीन ओभर बलिङ गर्दा ९ रन दिएर एक विकेट हात पारे भने ब्याटिङतर्फ अर्धशतक बनाउँदै म्यान अफ द म्याच बने । नटआउट शेखले ४२ बलको सामना गर्दा आठ चौकाको मद्दतमा ५१ रन बनाएका हुन् ।

ब्याटिङतर्फ नेपालका लागि कुशल भुर्तेल र गुल्सन झाले २५÷२५ रन बनाए । कुशलले ३४ बलमा दुई चौकाको मद्दतमा २५ रन जोड्दा नटआउट गुल्सनले ३० बलमा तीन चौका र एक छक्काको मद्दतमा २५ रन बनाएका हुन् ।

ओपनर आसिफ शेखले ३४ बलमा एउटा चौकासहित २१ रन बनाए भने अर्का ओपनर अनिल शाह १९ बलको सामना गर्दा एक छक्कासहित १३ रन बनाएर आउट भए ।

अमेरिकासँगको अघिल्लो खेल गुमाएको नेपालले लिग २ मा १० खेल खेल्दा दोस्रो जित निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव