२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अस्पतालको शय्याबाट टेलिभिजनमै साफ हेर्दैछन् मैदानमा हुनुपर्ने दीपा र हीरा

२०८१, १४ कार्तिक बुधबार १६:०४

काठमाडौँ | साफ महिला च्याम्पियनसिपको तयारी घरेलु मैदानमा सुरु हुँदै थियो। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा शाही यो प्रतियोगितामा खेल्न निकै उत्साहित थिइन्। उनले आमालाई वाचा गर्दै भनेकी थिइन्, ‘यसपटक स्वर्णपदक लिएर फर्किन्छु, तपाईं सेलरोटी पकाएर राख्नु।’

तर, दुर्भाग्यवश, दीपाको यो सपना अधुरो रह्यो। हाल अस्पतालको शय्यामा उनी चोटका कारण आराम गरिरहेकी छिन्। उनकी आमा र दाइ उनको साथमा छन्, आमाको आँखामा आँसु प्रष्टै झल्किन्छ। दीपाको राष्ट्रिय टोलीमा ‘डेब्यु’ अघिल्लो संस्करणको घरेलु साफ च्याम्पियनसिपमा भुटानविरुद्ध भएको थियो। यो संस्करणमा पनि भुटानविरुद्ध खेल्दा चोट बोकेर मैदान बाहिरिनुपर्ने स्थिति आयो। ४६औं मिनेटमा मैदान छिरेकी दीपाले ७२औं मिनेटमा चोटका कारण मैदान छाड्नुपर्‍यो।

दीपाले आफैंलाई मोटिभेट गरिएको भए पनि मैदानमा थोरै समय मात्र बिताउन पाएकामा दुःख व्यक्त गरिन्। उनले भनेकी छिन्, “मैले खेललाई परिवर्तन गर्न सक्ने सोच बनाएको थिएँ, तर चोटका कारण बाहिरिनु पर्‍यो।” अस्पतालमा उपचारको क्रममा उनलाई एसीएलमा समस्या रहेको थाहा भयो, जसले उनलाई थप चिन्तित बनाएको छ।

दीपाका जस्तै नेपाली टोलीकी मुख्य डिफेन्डर हीरा कुमारी भुजेलले पनि घुँडाको चोटका कारण यो प्रतियोगिता गुमाउनुपरेको छ। भुटानविरुद्धको खेलको इन्जुरी समयमा घुँडामा चोट लागेपछि उनलाई पनि एसीएल र मिनिस्कसको शल्यक्रिया गराउनुपर्‍यो। पहिलोपटक ठूलो प्रतियोगिता टेलिभिजनमा हेर्दा हिरालाई कठिन लागेको छ।

उनले भारतविरुद्धको खेलमा टिभीमार्फत आफ्नो टिमको प्रदर्शन हेर्दा आफूलाई मैदानमै हुने इच्छा व्यक्त गरिन्। टिमको राम्रो प्रदर्शन देख्दा खुसी लागेको भए पनि मैदानमा नहुनु हिराका लागि कष्टप्रद रहेको छ।

हीरा र दीपाले अबको ९ महिना मैदान बाहिर बिताउनुपर्नेछ। यद्यपि, हीराले बलियो आत्मविश्वासका साथ मैदानमा पुनः फर्कने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त