काठमाडौँ | साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलमा बंगलादेशसँग पराजय भोगेपछि नेपाली महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाड्ने घोषणा गरेका छन्। खेलपछि उनले महिला टिमसँगको आफ्नो यात्रा समाप्त भएको जनाउँदै अब क्लबतिर जान चाहेको उल्लेख गरे।
तामाङले भने, “अब म महिला टिमसँग काम गर्दिन, आजको खेल अन्तिम हो। यहाँ नयाँ प्रशिक्षकको आवश्यकता छ।” तामाङको यो निर्णयले नेपाली महिला फुटबल टिमको भविष्यमा नयाँ प्रशिक्षकको आगमनको संकेत गरेको छ।