२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कोमोविरुद्ध लाजियोको ५–१ गोल अन्तरको सानदार जित

२०८१, १६ कार्तिक शुक्रबार १०:२४

काठमाडौं । लाजियोले कोमोविरुद्धको खेलमा शानदार प्रदर्शन गर्दै ५–१ को जित हात पार्दै इटालियन सिरी ए तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । यस जितले लाजियोको सिजनको राम्रो लयलाई निरन्तरता दिएको छ, र यससँगै युभेन्टसलाई पछि पार्दै टोलीले महत्त्वपूर्ण तीन अंक बटुलेको छ ।

खेलको सुरुवात केही ढिलो गतिमा अघि बढ्यो, जहाँ दुवै टोलीले अवसर सिर्जना गर्न संघर्ष गरेका थिए । तर, २८ औं मिनेटमा अर्जेन्टिनी खेलाडी ताटी कास्टेलानोसको हेडर अल्बर्टो दोस्सेनाको हातमा लागेपछि रेफ्रीले पेनाल्टीको इशारा गरे । कास्टेलानोसले उत्कृष्ट संयम देखाउँदै गोलकिपर एमिल औडेरोलाई गलत दिशा पठाउँदै गोल गरेपछि लाजियोले अग्रता लिएको थियो ।

त्यसको ३ मिनेटपछि लाजियोका पेड्रोले टोलीको अग्रता दोब्बर बनाए । गुस्ताभ इसाक्सनले खेललाई बायाँ तर्फ पास गर्दै नुनो तावारेसलाई बल उपलब्ध गराए । तावारेसले उत्कृष्ट पास मार्फत स्पेनी खेलाडी पेड्रोले गोलमा परिणत गरेका थिए ।

पहिलो हाफमा २ गोल गरेको लाजियोले दोस्रो हाफको सुरुमा भने १ गोल व्यहोरेको थियो । कोमोका लागि लुका माज्जिटेलीले उत्कृष्ट एक्रोब्याटिक प्रहार मार्फत गोल गर्दै ५३ औं मिनेटमा टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

दोस्रो हाफमा खेल अझ रोमाञ्चक बन्यो । दुवै टोलीलाई १० खेलाडीमा सीमित भए । जब कोमोका मथियास ब्राउन्डेर र लाजियोकाका नुनो तावारेसले लगातार दोस्रो पहेंलो कार्ड पाएर मैदान बाहिरिए । कोमोका माथिस ६२ औं र लाजियोका नुनो ६५ औं मिनेटमा बाहिरिएका थिए ।

तर, कोमोले गोलको अवसर गुमाइरहेका बेला लाजियोले तीन गोल थप्दै आफ्नो अग्रतालाई फराकिलो बनायो । ७१ औं मिनेटमा प्याट्रिकले गोल गरेपछि लाजियो ३–१ ले अघि बढेको थियो ।

८१ औं मिनेटमा कास्टेलानोसले अर्को गोल थपेका थिए भने इन्ज्योरी टाइममा म्यानुअल लाज्जारीको काउन्टर–अट्याकमा लाउम चाउनाले गोल गर्दै टिमलाई ५–१ को फराकिलो जीत दिलाए । यस जितपछि लाजियो सिरी ए को तालिकामा पाँचौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति