१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कोमोविरुद्ध लाजियोको ५–१ गोल अन्तरको सानदार जित

१६ कार्तिक २०८१, शुक्रबार १०:२४

काठमाडौं । लाजियोले कोमोविरुद्धको खेलमा शानदार प्रदर्शन गर्दै ५–१ को जित हात पार्दै इटालियन सिरी ए तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । यस जितले लाजियोको सिजनको राम्रो लयलाई निरन्तरता दिएको छ, र यससँगै युभेन्टसलाई पछि पार्दै टोलीले महत्त्वपूर्ण तीन अंक बटुलेको छ ।

खेलको सुरुवात केही ढिलो गतिमा अघि बढ्यो, जहाँ दुवै टोलीले अवसर सिर्जना गर्न संघर्ष गरेका थिए । तर, २८ औं मिनेटमा अर्जेन्टिनी खेलाडी ताटी कास्टेलानोसको हेडर अल्बर्टो दोस्सेनाको हातमा लागेपछि रेफ्रीले पेनाल्टीको इशारा गरे । कास्टेलानोसले उत्कृष्ट संयम देखाउँदै गोलकिपर एमिल औडेरोलाई गलत दिशा पठाउँदै गोल गरेपछि लाजियोले अग्रता लिएको थियो ।

त्यसको ३ मिनेटपछि लाजियोका पेड्रोले टोलीको अग्रता दोब्बर बनाए । गुस्ताभ इसाक्सनले खेललाई बायाँ तर्फ पास गर्दै नुनो तावारेसलाई बल उपलब्ध गराए । तावारेसले उत्कृष्ट पास मार्फत स्पेनी खेलाडी पेड्रोले गोलमा परिणत गरेका थिए ।

पहिलो हाफमा २ गोल गरेको लाजियोले दोस्रो हाफको सुरुमा भने १ गोल व्यहोरेको थियो । कोमोका लागि लुका माज्जिटेलीले उत्कृष्ट एक्रोब्याटिक प्रहार मार्फत गोल गर्दै ५३ औं मिनेटमा टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

दोस्रो हाफमा खेल अझ रोमाञ्चक बन्यो । दुवै टोलीलाई १० खेलाडीमा सीमित भए । जब कोमोका मथियास ब्राउन्डेर र लाजियोकाका नुनो तावारेसले लगातार दोस्रो पहेंलो कार्ड पाएर मैदान बाहिरिए । कोमोका माथिस ६२ औं र लाजियोका नुनो ६५ औं मिनेटमा बाहिरिएका थिए ।

तर, कोमोले गोलको अवसर गुमाइरहेका बेला लाजियोले तीन गोल थप्दै आफ्नो अग्रतालाई फराकिलो बनायो । ७१ औं मिनेटमा प्याट्रिकले गोल गरेपछि लाजियो ३–१ ले अघि बढेको थियो ।

८१ औं मिनेटमा कास्टेलानोसले अर्को गोल थपेका थिए भने इन्ज्योरी टाइममा म्यानुअल लाज्जारीको काउन्टर–अट्याकमा लाउम चाउनाले गोल गर्दै टिमलाई ५–१ को फराकिलो जीत दिलाए । यस जितपछि लाजियो सिरी ए को तालिकामा पाँचौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव