१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप लिग–टू: नेपाल अमेरिकासँग अलआउट, नेपाल ३७ रनले पराजित

१८ कार्तिक २०८१, आईतवार ०९:५१

काठमाडौं । आईसिसी विश्वकप लिग–टू अन्तर्गत अमेरिकामा जारी त्रिकोणत्मक सिरिजमा घरेलु टोली अमेरिकासँग नेपाल ३७ रनले पराजित भएको छ ।

अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछाएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४४ रन मात्रै बनाउन सक्यो । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।

नेपालको लागि ओपनर अनिल साहले सर्वाधिक ५२ रन जोडे । सोमपाल कामी ४६, दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए । कुशल भुर्तेल २९, कुशल मल्ल ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए । यस्तै अर्का ओपनर आसिफ शेखलाई ६ रनमा आउट भए ।

उता अमेरिकाका सौरभ नेत्रवालकरले सर्वाधिक ४ विकेट लिए । नोष्थुश केंजिगे र साड्ली भान शाक्ली दुई दुई तथा जसदीप सिंह र हरमीत सिंहले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८१ रन बनाएपछि नेपालले २८२ रनको लक्ष्य पाएको थियो ।

अमेरिकाको लागि साइतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रनको अर्धशतकीय पारि खेले। यस्तै कप्तान मोनांक पटेलले ६७ रन बनाउँदा हरमिट सिंहले ५९ रनको बनाए । आरोन जोन्स २६ रनमा आउट हुँदा सञ्जय कृष्णमूर्तिले १५ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि गुलसन झाले तीन तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए। कुशल भुर्तेलको नाममा एक विकेट रह्यो ।

योसँग यस सिरिजमा नेपालले तीन् खेलमा दुई हार र एक जित हासिल गरेको छ । नेपालले यसअघि स्कटल्याण्डलाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव