२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप लिग–२: जारी सिरिजको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध करण र भीम बाहिर

२०८१, १९ कार्तिक सोमबार १६:५४

 काठमाडौं । विश्वकप लिग–२ अनतर्गत अमेरिकामा जारी खेलमा नेपाली टोलीमा आज करण केसी र भीम सार्की प्लेइङ ११ बाहिर हुने भएका छन्। इन्जुरीका कारण करण र भीमलाई प्लेइङ ११ मा नराखिएको क्यानले जनाएको छ।

उनीहरुको स्थानमा आज देव खनाल र सागर ढकाललाई टिममा समावेश गरिएको छ। नेपालले आज सिरिजको अन्तिम खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ।

स्कटल्यान्डविरुद्धको जारी सिरिजको पहिलो खेलमा ५ विकेटको जित निकालेको नेपाल सोही लयलाई कायम राख्दै कम्तीमा २ जित निकाल्ने लक्ष्यमा छ।

जारी सिरिजमा स्कटल्यान्डले अमेरिकासँगको दुवै खेलमा जित निकाल्दा नेपाल अमेरिकासँग दुवै खेलमा पराजित भयो। नेपालले स्कटल्यान्डलाई भने एक खेलमा हराएको छ। आजको खेलमा नेपालले अमेरिकालाई पराजित गरेमा सबै टिमले जारी सिरिजमा २–२ जित निकाल्ने छन्।

नेपाल स्कटल्यान्डविरुद्ध पछिल्ला ३ खेलमा अपराजित छ। लिग २ को अघिल्लो संस्करणमा २ खेलमा अपराजित नेपालले यो संस्करणको पहिलो खेलमा पनि स्कटल्यान्डलाई हरायो।

नेपाल र स्कल्यान्डबीचको खेल राति १०ः१५ बजे ग्रान्ड प्रेरी क्रिकेट स्टेडियम टेक्सासमा हुनेछ। जारी लिग अङ्कतालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ। स्कटल्यान्ड भने १३ अङ्क बनाएर अङ्क तालिकाको तेस्रो स्थानमा छ।

नेपाल ११ खेलबाट ५ अङ्कका साथ सातौं स्थानमा छ। ९ खेलबाट ४ अङ्क बनाएको युएई अङ्क तालिकाको पुछारमा छ। नेपाललाई अघिल्लो खेलमा हराएको अमेरिका भने १२ खेलबाट १६ अङ्क बनाएर शीर्ष स्थानमा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति