१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्यानडा-अमेरिका सिरिजमा ठूलो मौका गुमायौं : रोहित पौडेल

२२ कार्तिक २०८१, बिहीबार १३:५७

काठमाडौँ | नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा खेलेको सिरिज बिर्सनलायक रहेको बताएका छन्। क्यानडा र अमेरिकामा लिग टु सिरिज खेलेर बिहीबार स्वदेश फर्किएका कप्तान पौडेलले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस सिरिजमा ठूलो मौका गुमाएको र आगामी खेलहरू चुनौतीपूर्ण हुने बताएका छन्।

“जुन उद्देश्य लिएर क्यानडा र अमेरिका गएका थियौं, दुवैमा चुक्यौं। विशेषगरी क्यानडामा राम्रो प्रदर्शन गर्न सकेनौं,” पौडेलले भने। “अमेरिका पुग्दा टिम क्रमशः सेपमा आइरहेको थियो, तर अमेरिकासँगको दुई खेलमा हार भोग्नुपर्‍यो। समग्रमा टुर गुमायौं,” उनले थपे।

नेपालले लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा कुल ८ खेल खेलेको थियो। अमेरिकामा स्कटल्याण्डलाई मात्र जित्न सकेको नेपाल अन्य पाँच खेलमा पराजित भयो। वर्षाका कारण दुई खेल रद्द हुँदा नेपालले थप दुई अंक पाएको थियो। ८ खेलमा सम्भावित १६ अंकमध्ये नेपालले जम्मा ४ अंक मात्र जोड्न सक्यो।

नेपाली टिमका कन्सलट्यान्ट प्रशिक्षक जगत टमाटाले क्यानडामा नेपाली टिमले राम्रो नतिजा दिन नसकेको बताए। “खेलाडीले प्रयास राम्रै गरेका थिए, तर नतिजा आउन सकेन। नतिजा आउनको लागि अझ राम्रो खेल्न आवश्यक छ,” टमाटाले भने।

कप्तान पौडेलले पनि क्यानडामा ब्याटिङ युनिटले चुनौती सामना गर्न नसकेको बताए। “क्यानडाको विकेट एकदम चुनौतीपूर्ण थियो। अमेरिकामा भने सबैले स्कोर बनाउन सके, टी-२० र ओडीआई दुवैमा राम्रो स्कोर भयो। तर क्यानडामा ब्याटिङ युनिटले प्रदर्शन गर्न सकेन,” पौडेलले भने।

धेरै टी-२० खेल खेलेका कारण एकदिवसीय (ओडीआई) खेलमा ध्यान दिन नसकेको हो भन्ने प्रश्नमा पौडेलले त्यो कुनै बहाना नहुने बताए। “यो वर्ष धेरै टी-२० खेल्यौं, तर त्यसलाई बहाना बनाउन मिल्दैन। फरक फर्म्याट हो, ब्याटिङ युनिटको रुपमा चुक्यौं,” उनले भने।

पौडेलले क्यानडा-अमेरिका सिरिजमा राम्रो गर्न नसक्दा आगामी खेलहरू अझ चुनौतीपूर्ण हुने बताए। “निश्चित रूपमा हामीलाई थप चुनौती थपिएको छ। सुरुवात सोचेजस्तो भएन, तर यसअघिको लिग टु साइकलमा हामीले अन्तिम सिरिजहरूमा राम्रो गरेका थियौं,” उनले सम्झाए।

अबका खेलहरूमा केन्द्रित हुनुपर्ने भन्दै पौडेलले नेपाली ब्याटरले ५० ओभरको खेलमा बानी बसाल्नुपर्ने आवश्यकता औंल्याए। “ब्याटरले ५० ओभरको खेलमा एडप्ट गर्नुपर्छ। दुई दिवसीय खेल खेल्यो भने ५० ओभरमा पनि सुधार हुन्छ,” उनले अन्त्यमा थपे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव