१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

गौघाट ग्रीन रनको उपाधि विजय र विनिसालाई

२४ कार्तिक २०८१, शनिबार १५:०३

काठमाडौं । पर्यावरण सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले बाँकेको खजुरामा आयोजित गौघाट ग्रीन रन रोड रेसमा जनता नमुना उच्च माविका विजय खड्का र अमर माविका विनिसा एलजीले उपाधि जितेका छन् ।

शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानोदय नमुना माविकका खगेन्द्र भण्डारी द्वितीय र जनता माविकै हेमन्त खत्री तृतीय भए ।

छात्रातर्फ अमर माविकै विनिता पुलामी मगर दोस्रो र जनताकै ऋतु बिष्ट तृतीय भए ।

धारा नेपालगन्ज म्याराथनको दशक यात्राका अवसरमा आयोजित ’दस बर्षमा दस इभेन्ट’ अन्तर्गत खजुराको गौघाटमा ग्रीन रन आयोजना गरिएको हो ।

दौडमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई नगद पाँच हजार, तीन हजार र दुई हजार, ट्रफीले पुरस्कृत गरियो ।

लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्री, समाजसेवी कृष्णमान श्रेष्ठ, वडा सदस्य लक्ष्य बहादुर ओली, नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङ, आउटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषदका सदस्य डिबी तामाङले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरे ।

जलवायु परिवर्तनका कारण पर्यावरणमा देखिएको विश्वव्यापी संकटका बारेमा विद्यार्थीलाई दौडमार्फत जागरण फैलाउन दौड आयोजना गरिएको नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिए ।

’फिल द ग्रिन इन यु’ नारा सहित भएको ग्रीन रनको उदघाटन गर्दै प्रदेश सभा सदस्य रत्न खत्रीले विद्यार्थीमाझ जान ग्रीन रन रचनात्मक कार्य भएको बताउँदै प्रदेश खेलकुद परिषद्ले फरक खालको दौड प्रतियोगितालाई बार्षिक क्यालेन्डरमा समावेश गरि निरन्तरताको आधार तयार गर्ने प्रतिबद्धता जनाए ।

नेपालगन्ज म्याराथनको दस बर्षमा दस इभेन्ट अन्तर्गत असोज ३ गते नेपालमा पहिलोपटक रात्री दौड नेपालगन्ज १० के, राप्तीसोनारी रन आयोजना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव