२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

स्पेनिस ला– लिगामा रियल मड्रिडको सानदार जित

२०८१, २५ कार्तिक आईतवार ०९:२३

काठमाडौँ । रियल मड्रिडले स्पेनिस ला लिगामा ओसासुनामाथि सानदार जित दर्ता गरेको छ ।

शनिबार राति भएको खेलमा भिनिसियस जुनियरको ह्याट्रिक मद्दतमा रियलले ओसासुनामाथि ४–० को फराकिलो जित हात पारेको हो ।

रियलको जितमा भिनिसियसले ह्याट्रिक गर्दा जुडे बेलिघमको नाममा एक गोल रह्यो। खेलको पहिलो हाफमा २ गोल गरेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्यो।

खेलको ३४ औँ मिनेटमा भिनिसियसको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। ४२ औँ मिनेटमा जुडको गोलमा रियलले अग्रता दोब्बर पारेको थियो।

तर खेलको ६१ र ६९ औँ मिनेटमा भिनिसियसले दुई गोल गर्दै ह्याट्रिक पूरा गरे। रियलले सानदार जित दर्ता गरेको खेलमा एडर मिलिटाओले भने घुँडामा चोट बोक्न पुगे ।

ब्राजिलका सेन्टर ब्याक उनको दाहिने घुँडामा चोट बोकेका थिए। उनको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको छ । खेलपछि रियलले एक विज्ञप्ती जारी गर्दै उनको एसियल र मिनिस्कस गएको बताएको छ। उनको छिट्टै शल्यक्रिया हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति