२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपीएलका खेल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने, सिद्धार्थ बैंक टाइटल स्पोन्सर

३० कार्तिक २०८१, शुक्रबार १७:२५

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण चर्चित टेलिभिजन च्यानल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ। क्रिकेट संघ नेपाल (क्यान)ले शुक्रबार आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराएको हो।

क्यानका सचिव पारस खड्का सिद्धार्थ बैंकसँग ५ वर्षको लागि टाइटल स्पोन्सरको सम्झौता भएको बताए। यद्यपि रकमबारे उनी खुलाउन चाहेनन्। ‘टाइटल स्पोन्सरका लागि रेकर्ड ब्रेक लगानी भएको छ। ५ वर्षको लगानी हुनु भनेकै हाम्रो लागि ठूलो हो,’ आयोजित पत्रकार सम्मेलनमा उनले भने।

स्टार स्पोर्ट्समा प्रसारण नगरेसम्म विश्वका ठूल्ठूला क्रिकेटरलाई नेपालमा ल्याएर खेलाउन सम्भव नरहेको उनको भनाइ छ। एनपीएलको पहिलो संस्करण मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन्।

यस्तै, एनपीएलको मुख्य प्रायोजकको रूपमा सिद्धार्थ बैंक रहेको छ। क्यानले सोही कार्यक्रममा सिद्धार्थ बैंक टाइटल स्पोन्सर रहेको घोषणा गरेको हो।

एनपीएलले नेपाली क्रिकेटको स्तर वृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय दर्शकहरूको ध्यान तान्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव