२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपीएलका खेल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने, सिद्धार्थ बैंक टाइटल स्पोन्सर

२०८१, ३० कार्तिक शुक्रबार १७:२५

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण चर्चित टेलिभिजन च्यानल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ। क्रिकेट संघ नेपाल (क्यान)ले शुक्रबार आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराएको हो।

क्यानका सचिव पारस खड्का सिद्धार्थ बैंकसँग ५ वर्षको लागि टाइटल स्पोन्सरको सम्झौता भएको बताए। यद्यपि रकमबारे उनी खुलाउन चाहेनन्। ‘टाइटल स्पोन्सरका लागि रेकर्ड ब्रेक लगानी भएको छ। ५ वर्षको लगानी हुनु भनेकै हाम्रो लागि ठूलो हो,’ आयोजित पत्रकार सम्मेलनमा उनले भने।

स्टार स्पोर्ट्समा प्रसारण नगरेसम्म विश्वका ठूल्ठूला क्रिकेटरलाई नेपालमा ल्याएर खेलाउन सम्भव नरहेको उनको भनाइ छ। एनपीएलको पहिलो संस्करण मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन्।

यस्तै, एनपीएलको मुख्य प्रायोजकको रूपमा सिद्धार्थ बैंक रहेको छ। क्यानले सोही कार्यक्रममा सिद्धार्थ बैंक टाइटल स्पोन्सर रहेको घोषणा गरेको हो।

एनपीएलले नेपाली क्रिकेटको स्तर वृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय दर्शकहरूको ध्यान तान्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति