२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण आजदेखि

१ मंसिर २०८१, शनिबार ०८:३९

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सुरुआत गरेको मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण शनिबारदेखि सुरु हुने भएको छ ।

चालू आ.व. को विशेष प्रशिक्षणमा पारा तेक्वान्दो र तेक्वान्दोसहित ११ खेल समावेश गरिए पनि हाललाई ९ खेलको मात्र शनिबारदेखि विशेष प्रशिक्षण सुरु हुन लागेको हो ।

पारा तेक्वान्दो र तेक्वान्दो खेलाडीको नाम उपलब्ध नभएकोले नाम उपलब्ध भएपछि तेक्वान्दोलाई पनि विशेष प्रशिक्षणमा समावेश गरिने छ ।

विशेष प्रशिक्षणमा ३७ पुरुष र ४८ महिला गरी ८५ खेलाडी सहभागी हुने राष्ट्रिय टिम तयारीका उप निर्देशक दीपक श्रेष्ठले जनाएका छन् । प्रशिक्षकको संख्या १९ रहेको छ ।

करातेमा समान ५–५ पुरुष÷महिला, बक्सिङमा ३ पुरुष र ५ महिला, उसुमा ५ पुरुष र ३ महिला, एथलेटिक्समा समान ४–४ पुरुष÷महिला तथा जुडो र कुस्तीमा समान ३–३ पुरुष÷महिला खेलाडी प्रशिक्षणमा सहभागी हुने छन् । कबड्डीमा समान १२–१२ पुरुष÷महिला तथा महिला भलिबलमा १२ खेलाडी हुने छन् । गल्फमा २ पुरुष र १ महिला खेलाडी सामेल हुने छन् ।

गत आ.व. मा ५ खेलको छ महिना तथा थप ५ खेलको ३ महिना विशेष प्रशिक्षण सञ्चालन गरिएको थियो । कुनै पनि एसियाली खेलकुद सम्पन्न भए लगत्तै यति लामो समय आगामी संस्करणका लागि तयारी थालिएको पहिलो पटक हो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले वैज्ञानिक, लामो र व्यवस्थित तयारीलाई मध्यनजर गर्दै गत आ.व. देखि मिसन– २०२६ को अवधारणा अनुरुप विशेष प्रशिक्षण थालिएको हो ।

एसियाली खेलकुदको कुनैपनि संस्करणमा नेपालले हालसम्म दोहोरो अंकमा जितेको छैन । एसियाली खेलकुदमा नेपाल हालसम्म स्वर्णविहीन पनि छ । सन् १९८६ मा दक्षिण कोरियको सिओलमा भएको एसियाली खेलकुदमा नेपालले बक्सिङ र तेक्वान्दोमा समान ४–४ गरी ८ कांस्य पदक जितेको थियो । संख्याका हिसाबले त्यो सिओल एसियाड नै नेपालले हालसम्म एसियाली खेलकुदमा जितेको सर्वाधिक पदक हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव