२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले हरायो

१ मंसिर २०८१, शनिबार ०९:०६

काठमाडौं । टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले पराजित गरेको छ । ४ खेलको सिरिजमा शुक्रबार राति जित निकालेसँगै भारतले सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको हो ।

जोहानेसबर्गमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले सञ्जु सामसन र तिलक वर्माको शतकीय पारिले निर्धारित २० ओभरमा जम्मा १ विकेट गुमाएर २८३ रनको विशाल योगफल तयार पारेको थियो ।

जवाफमा घरेलु टोली दक्षिण अफ्रिका १८.२ ओभरमा १४८ रन मै समेटियो । लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको सुरुवात निकै खराब रह्यो । उसले पावरप्लेमा ४ विकेट गुमाएको थियो । ट्रिस्टन स्टब्स र डेभिड मिलरले सम्हाल्ने प्रयास गरे पनि यी दुई ब्याट्सम्यान आउट भएपछि दक्षिण अफ्रिकी टोलीले ‘कमब्याक’ गर्न सकेन र ठूलो स्कोरको पराजय भोग्न बाध्य बन्यो ।

दक्षिण अफ्रिकाका लागि स्टब्सले सर्वाधिक ४३ रन बनाए भने मिलरले ३६ रन बनाएका थिए । मार्को जोन्सनले १२ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै २९ रनमा नटआउट रहे ।

दक्षिण अफ्रिकाका ७ ब्याटरले दोहोरो अंकमा रन स्कोर गर्न असफल भए । भारतका लागि अर्शदीपले ३ विकेट लिँदा वरुण चक्रवर्ती र अक्षर पटेलले समान २–२ विकेट हात पारे । यसैगरी हार्दिक पाण्ड्या, रमनदीप सिंह र रवि बिश्नोईले एक एक विकेट आफ्नो नाममा लेखाए ।

त्यसअघि पहिला ब्याटिङ गर्दा भारतले उत्कृष्ट सुरुवात गरेको थियो । सञ्जु सामसन र अभिषेक शर्माबीच पहिलो विकेटका लागि ७३ रनको साझेदारी भएको थियो ।

उक्त साझेदारीलाई लुथो सिपामलाले तोडेका थिए । उनले छैटौं ओभरमा अभिषेकलाई क्लासेनको हातबाट क्याच आउट गरे । उनी ३६ रन बनाएर मैदानबाट बाहिरिए ।

त्यसपछि विकेटकिपर ब्याट्सम्यान सञ्जुसँग दोस्रो विकेटका तिलक बर्माले ८६ बलमा २१० रनको नटआउट साझेदारी गरे ।

दुवैको शतकीय पारीका कारण भारतको स्कोर २८० भन्दा माथि पुगेको थियो । सञ्जुले ५६ बलमा ६ चौका र ९ छक्का प्रहार गर्दै १०९ रन बनाए भने तिलक वर्माले ४७ बलमा १० छक्का र ९ चौकाको मद्दतले १२० रन बनाए । सामसनले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको तेस्रो शतक र तिलकले दोस्रो शतक बनाए । यी दुवैले यस सिरिजमा दुई–दुई शतक प्रहार गरेका छन् ।

रनको हिसाबले दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो हार भएको छ । यसअघि सन् २०२३ मा अस्ट्रेलियासँग १११ रनले पराजित भएको थियो । रनको हिसाबले यो खेल भारतको यो सबैभन्दा ठूलो जीतको सूचीमा तेस्रो स्थानमा समावेश भएको छ । गत वर्ष भारतले घरेलु मैदानमा न्युजिल्याण्डलाई १६८ रनले पराजित गरेको थियो भने २०१८ मा आयरल्याण्डलाई १४३ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव