२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक

१ मंसिर २०८१, शनिबार १२:३१

काठमाडौं । लुम्बिनी लायन्स क्लबले नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ । आनीछोइङडोल्मा, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र रोहित पौडेलले शनिबार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन् ।

लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय संस्कृति झल्कने गरि जर्सीको डिजाइन गरिएको छ।

गाढानीलोरङ्गकोजर्सीमासुनौलोरङ्गकोकिनारारहेकोछभनेबाँयाभागमाआक्रमकअवतारकोसिंहकोटाउकोप्रतीकरहेकोछ।

भगवान बुद्धको जन्मस्थानको रुपमा सुपरिचित लुम्बिनी नेपालको एक पवित्र बौद्ध तीर्थस्थल हुनुको साथै विश्व सम्पदा स्थल पनि हो । विश्वका प्रमुख पवित्र धार्मिक स्थलहरू मध्ये लुम्बिनी एक हो, जसको भ्रमण गर्न बुद्धले आफ्ना अनुयायीहरूलाई सल्लाह दिएका थिए ।

जर्सी अनावरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी आनी छोइङ डोल्माले भनिन्, ‘आज हामो लुम्बिनी लायन्सको जर्सी औपचारिक रुपमा लोकार्पण भएको छ, यसमा मलाई एकदमै खुशी लागेको छ । जसरी संसार भरका सबै मानिसहरुको मन मस्तिष्कमा शान्ती फैलाउन भगवान बुद्धको भूमिका रहेको छ, त्यसै गरी लुम्बिनी लायन्सले पनि सबै जनाको मन मस्तिष्कमा विजय र गौरवको भावना महसुस गराउन सकोस् भन्ने कामना गर्दछु ।’

जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै लुम्बिनी लायन्स क्लबका ब्राण्ड एम्बास्डर राजेश हमालले भने, ‘क्रिकेटले नेपाली मनलाई जोड्ने पुलको रुपमा काम गरेको छ । हरेक वर्ग, उमेर र आस्थाका मानिसहरुलाई क्रिकेटले एकै ठाउँमा ल्याएको छ । लगाव, समुहमा मिलेर काम गर्ने क्षमता र दृढ अठोट – यी कुराहरुले हरेक क्रिकेट खेलाडी र क्रिकेट प्रेमीहरूलाई एकताबद्ध गर्दछन् र मलाई व्यक्तिगत रुपमा पनि यी गुणहरु अति आवश्यक लाग्छन् ।

आज यस लुम्बिनी लायन्सको जर्सी सार्वजनिक गर्दै गर्दा मलाई यस्तो लागेको छ कि यो जर्सी क्लबको पहिचान मात्र नभएर हाम्रा क्रिकेटरहरुको कडा परिश्रम, लगनशीलता र क्रिकेट प्रेमीहरुको अटुट साथको प्रतिविम्ब पनि हो । लुम्बिनी लायन्स क्लबमार्फत नेपाल प्रिमियर लिग एवम् समस्त नेपाली क्रिकेटसँग जोडिएर युवा क्रिकेटरहरुको प्रतिभालाई नजिकबाट नियाल्न पाउँदा म अत्यन्तै उसाहित छु ।’

त्यस्तै, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भने ‘आज हामीले लुम्बिनी लायन्सको जर्सी लुम्बिनीबाटै सगौरव सार्वजनिक गरेको छौँ ।

सम्पूर्ण लुम्बिनीबासिको भावना र लुम्बिनीको ऐतिहासिक तथा साँस्कृतिक महत्त्वलाई समेट्ने गरी हामीले यो जर्सीको डिजाइन गरेका छौँ ।

निलो रङ्गले सम्पूर्ण नेपालको शान्ति र समृद्घिको भावना बोकेको छ भने सुनौलो रङ्गले लुम्बिनीभित्र रहेको अखण्ड दिपको प्रतिनिधित्व गर्छ । साथै सिंहको रङ्ग पनि सुनौलो नै हुने भएकोले सुनमा सुगन्ध छाएको छ । यो जर्सी हाम्रो एकता, जोश, र उत्कृष्टताको प्रतीक हो । आशा छ, यहाँँहरुले मन पराईदिनुहुनेछ र लुम्बिनी लायन्सलाई माया र साथ दिनुहुनेछ । यहाँ सम्मको यात्रामा सदैव हाम्रो साथ रहनुभएकोमा हाम्रा प्रायोजकहरू, साझेदारहरू र समर्थकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ, साथै आगामी दिनहरुमा पनि यस्तै साथ र मायाको अपेक्षा गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य