८ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

युइएफए नेसन्स लिगमा इंग्ल्याण्डको ५–० गोलको फराकिलो जित

३ मंसिर २०८१, सोमबार ०९:०१

काठमाडौं । युइएफए नेसन्स लिगमा इंग्ल्याण्डले फराकिलो जित दर्ता गरेको छ । सोमबार विहान घरेलु मैदान बेम्ब्लीमा १० खेलाडीमा समेटिएको रिपब्लिक अफ आयरल्याण्डलाई ५–० गोल अन्तरले पराजित गरेको हो । युरो २०२४ को उप विजेता इंग्ल्याण्डले प्रशिक्षक ली कास्लीको अन्तिम खेल सम्झनलायक बनायो । अब इंग्ल्याण्डको प्रशिक्षणको रुपमा थोमस टुचेल रहने छन् ।

पहिलो हाफमा आयरल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्याण्डलाई रोकेको थियो । तर, दोस्रो हाफको सुरुमै ५१ औं लियाम स्केल्सले जुड बेलिंघमलाई रोक्दा फाउल गरेपछि रातो कार्ड पाउँदा आयरल्याण्ड १० खेलाडीमा समेटियो । त्यतिबेला इंग्ल्याण्डले पेनाल्टीको अवसर पनि पायो ।

कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इंग्ल्याण्डलाई सुरुआती अग्रता दिलाए ।

५५ औं मिनेटमा इंग्ल्याण्डले अग्रता दोब्बर बनाउन सफल भयो । टिनो लिभ्रामेन्टोको डिफ्लेक्टेड क्रसमा आएको बल एन्टोनी गोर्डनले भली प्रहार गर्दै करियरको पहिलो अन्तर्राष्ट्रिय गोल गरे । यसैगरी ५८ औं मिनेटमा कर्नरबाट आएको बललाई कोनर गालाघरले पनि पहिलो गोल गर्दा इंग्ल्याण्ड ३–० ले अघि बढेको थियो ।

ज्यारोड बोवेनले मैदान प्रवेश गरेलगत्तै ७५ औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डको अग्रता थप मजबुत बनाएका थिए । टेलर हार्वुड–बेलिसले पनि आफ्नो डेब्यू खेलमा जुड बेलिङ्घमको क्रसमा हेड गर्दै  ७९ औं मिनेटमा टिमका लागि पाँचौं गोल गरेका थिए । जीतसँगै इंग्ल्याण्ड समूह बीको २ मा १५ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

यही समूहमा रहेको ग्रीसले फिनल्याण्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । ग्रीसका कप्तान टासोस बाकासेटास र विङ्गर डिमिट्रिस जोलिसले एक एक गोल गरेका थिए ।

खेलको ५२औं मिनेटमा कन्स्टान्टिनोस कुलियेराकिसले दिएको बललाई बाकासेटासले बक्सभित्र नियन्त्रणमा लिँदै गोलमा परिणत गरेका थिए ।

त्यसको चार मिनेटपछि, डिमिट्रिस जोलिसले गोल गरेपछि ग्रीसको जित पक्का भएको थियो । ग्रीसले नेशन्स लिगको समूह चरणमा इंग्ल्याण्डपछि दोस्रो स्थानमा छ ।

नेसन्स लिग अन्तर्गत समूह ए२ को खेलमा फ्रान्सले इटालीलाई ३–१ ले हराउँदै शीर्ष स्थान पक्का गरेको छ ।  खेलको दोस्रो मिनेटमै एड्रियन राबियोटले लुकास डिनको कर्नरमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएको थिए ।

३३ औं मिनेटमा डिनको फ्रि–किकबाट इटालीका गोलरक्षक गुइलमो भिकारियोको आत्मघाती गोल गरेका थिए । ३५ औं मिनेटमा इटालीका एन्ड्रिया क्याम्बियासोले एक गोल फर्काएका थिए ।

पहिलो हाफमा २–१ को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा १ गोल थपेको थियो । ६५ औं मिनटमा राबियोटले हेडर गोल गर्दै फ्रान्सको जित निश्चित गरे ।

उता, नर्वेका एर्लिङ हालान्डले कजाकिस्तानविरुद्ध ५–० को जितमा ह्याट्रिक गर्दै टोलीलाई समूह बी३ मा शीर्ष स्थानमा पु¥याएका छन् । पहिलो हाफमै दुई गोल गरेका हालान्डले दोस्रो हाफमा अर्को गोल थपे । एन्टोनियो नुसाले दुई गोल गर्दै नर्वेको जितमा योगदान दिएका थिए ।
यस जितसँगै नर्वेले अष्ट्रियालाई पछि पार्दै नेशन्स लिगको शीर्ष स्थान पक्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डीपी अर्याललाई रास्वपाको कार्यवाहक सभापति बनाउने तयारी जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने पक्राउ बालकोटमा डेरा गरी बस्ने बुबा–छोरा मृत फेला, सँगै बस्दै आएका अर्का छोरा सम्पर्कबिहीन रविको सांसद पद निलम्बनबारे दीपक बोहरा भन्छन्ः ‘राजनीतिक पूर्वाग्रहले प्रेरित भएर निलम्बन गर्न खोजियो’ एनपीएलको फाइनलमा क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ अमेरिकामा रेलभित्रै आगो लगाएर एक महिलाको हत्या हिरासतमा रहेका रविको फोटो सार्वजनिक गर्ने निकोलस भुसाललाई पोखरा पठाइयो आज फेरि बढ्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ? थुनछेक बहसका लागि रविलाई अदालत लगियो, न्यायाधीश राईको इजलासमा पेशी ‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुनको घरमा तोडफोड, ६ जना पक्राउ शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आज बिहान निधन पाँच संसदीय समितिको बैठक आज बस्दै ब्राजिलमा निजी विमान दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु आयोगले गरे भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर रविविरुद्ध सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने आजको मौसम: उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जङ्गम पक्राउ रविको काभ्रेको जग्गा र निकिताको बूढानीलकण्ठको घडेरी जफत गर्न माग सरकारी वकिलको कार्यालयमा इन्कारी रविको बयान: सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन एनपीएलको फाइनलमा सट्टेबाजी गराएको आरोपमा थप २ भारतीय पक्राउ