२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

युइएफए नेसन्स लिग : क्रोएशिया र पोर्चुगल क्वाटरफाइनलमा

४ मंसिर २०८१, मंगलवार ०९:१४

काठमाडौं । युइएफए नेसन्स लिगमा क्रोएशिया र पोर्चुगलले एक एक गोलको बराबरी खेलेका छन् ।

बराबरीसँगै दुवै टोलीले नेसन्स लिगको क्वाटरफाइनलमा पनि स्थान सुरक्षित गर्न सफल भए । पहिला नै समूह विजेता बनेको पोर्चुगलले पोल्यान्डमाथि ५–१ को प्रभावशाली जित पछि क्रोएशियाविरुद्ध प्रमुख खेलाडीलाई विश्राम दिएको थियो । क्रिस्टियानो रोनाल्डो र बर्नार्डो सिल्भा जस्ता स्टार खेलाडी बाहिर हुँदा पनि रोबर्टो मार्टिनेजको टोलीले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन ग¥यो ।

३३ औं मिनेटमा भिटिन्हाको लामो पासमा जोआओ फेलिक्सले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा माटेओ कोभासिचको स्थानमा मारियो पासालिच मैदानमा उत्रिए र कप्तान लुका मोड्रिचसँगै गतिलो तालमेल गरे । डिफेन्समा रहेका जोस्को ग्भार्डिओलले गरेको एउटा हेडर अफसाइड भएको थियो ।

तर, ६५ औं मिनेटमा उनैले कर्नरबाट आएको बललाई पोस्ट नजिकैबाट गोलमा परिणत गर्दै खेल बराबरी गरे ।
यसैबीच, एन्डी रोबर्टसनको अन्तिम समयको गोलले स्कटल्याण्डले पोल्यान्डलाई हराए पनि रेलिगेसन प्लेअफमा जाने भएको छ । पोल्यान्ड झन् दोस्रो डिभिजनमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव