२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपीएल: कप्तानीबारे यसो भन्छन् टीम मालिकहरू!

९ मंसिर २०८१, आईतवार १५:४९

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी तीव्र भइरहेको छ, जसको आयोजना मङ्सिर १५ गतेबाट सुरु हुँदैछ। ८ वटा फ्रेन्चाइज टोलीले स्वदेशी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्नका साथै विदेशी खेलाडी भित्र्याउने क्रम पनि जारी राखेका छन्। प्रतियोगिता सुरु हुन एक हप्ता नपाउँदै अधिकांश फ्रेन्चाइजहरूले आफ्नो टीम कप्तानको नाम भने सार्वजनिक गरेका छैनन्। यस बीच, सबै टोलीहरूले एक–एक जना मार्की खेलाडीको घोषणा गरेका थिए, जसका बारेमा धेरैले अनुमान गरेका छन् कि यी खेलाडी नै कप्तान बन्नेछन्।

मार्की खेलाडीको रूपमा विराटनगर किङ्समा सन्दीप लामिछाने, जनकपुर बोल्ट्समा आसिफ शेख, चितवन राइनोजमा कुशल मल्ल, काठमाडौँ गुर्खाजमा करण केसी, पोखरा एभेन्जर्समा कुशल भुर्तेल, कर्णाली याक्समा सोमपाल कामी र सुदूरपश्चिम रोयल्समा दीपेन्द्र सिंह ऐरी रहेका छन्। फ्रेन्चाइज क्रिकेटमा मार्की खेलाडीलाई प्रमुख आकर्षणको रूपमा चयन गरिन्छ, जसले टीमलाई ब्रान्डिङ र दर्शक आकर्षित गर्न मद्दत पुर्याउँछ। यी खेलाडीलाई उच्च तलब र सुविधा मिल्ने सम्भावना पनि बढी हुन्छ।

हालसम्म, धेरै टिम मालिकहरूले मार्की खेलाडीलाई नै कप्तान बनाउनुपर्ने पक्षमा रहेका छन्।

कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेका अनुसार स्वदेशी खेलाडीलाई कप्तान बनाउनु व्यवहारिक हुनेछ, किनकि विदेशी खेलाडी पारिश्रमिक लिइरहेका हुन्छन् र उनीहरूले बीचमै टीम छोड्न सक्छन्। यो कुराको, अन्तिम निर्णय प्रशिक्षकले नै लिने बताएका छन्।

विराटनगरका टिम मालिक बैंकटेस मुन्द्राले सन्दीप लामिछानेलाई कप्तान बनाउने भनेका छन्। जनकपुरका जीएम निरोज खतिवडाले पनि कप्तानको घोषणा चाँडै गरिने जानकारी दिएका छन्। चितवनका प्रबन्ध निर्देशक आयुष न्यौपानेले भने कप्तान चयनको जिम्मेवारी प्रशिक्षकको भएको बताएका छन्।

काठमाडौंका कार्यकारी प्रमुख सन्देश कटवालले टीममा अनुभवी विदेशी खेलाडी पनि रहेको बताउँदै, उनीहरूसँग सल्लाह गरेर कप्तान चयन गरिने बताएका छन्। पोखरा एभेन्जर्सका मालिक मनोबल श्रेष्ठले मार्की खेलाडी कुशल भुर्तेललाई कप्तान बनाउने तयारी गरेका छन्। सुदूरपश्चिम रोयल्सले पनि मार्की खेलाडी दीपेन्द्र सिंह ऐरीलाई कप्तान सुम्पिने पुष्टि गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव