२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित

१० मंसिर २०८१, सोमबार ०९:०८

काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले ८ अंकको अग्रता लिएको छ । आइतबार राति भएको खेलमा साउथ ह्याम्प्टनमाथि ३–२ गोल अन्तरको जीत निकाल्दै ३ अंक थपेको थियो ।

खेल अघि शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको लिभरपुलले साउथ ह्याम्पटनलाई पराजित गर्दै ८ अंकको अग्रता लिएको हो । लिभरपुलले १२ खेलबाट ३१ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको भने २३ अंक रहेको छ ।

आइतबार राति लिभरपुललाई जिताउन इजिप्टियन खेलाडी मोहमद सलाहले २ गोल गर्दा डोमोनिकले १ गोल गरेका थिए ।

साउथ ह्याम्पटनका लागि एडम आमस्ट्रोङ र मेटस फर्नान्डेसले एक एक गोल थपे। साउथ ह्याम्पदनको मैदानमा पाहुना टोली लिभरपुलले ३० औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि डोमोनिकले पहिलो गोल गरेका थिए ।

तर, ४२ औं मिनेटमा आमस्ट्रोङले गोल गरेपछि साउथह्याम्पटन पहिलो हाफमै बराबरी गर्दै खेलमा फर्किएको थियो । ५६ औं मिनेटमा फर्नान्डेसले गोल गरेपछि घरेलु टोली साउथह्याम्पटनले २–१ को अग्रता लियो ।

त्यसपछि निराश भएका लिभरपुल समर्थकलाई सलाहले उत्साहित बनाएका थिए । उनले ६५ औं मिनेटमा गोल गर्दै लिभरपुललाई २–२ को बराबरीमा ल्याए । ८३ औं मिनेटमा पेनाल्टीमार्फत सलाहले व्यक्तिगत दोस्रो गोल गर्दा अन्ततः लिभरपुल ३–२ को नतिजा आत्मसाथ गर्दै ३ अंक थप्न सफल भयो ।

पराजित भएको साउथ ह्याम्पटन भने पुच्छारमा छ । लिभरपुलको जीतमा नायक रहेका मोहमद सलाहलाई क्लब छाड्न नदिन लिभरपुलका समर्थकले दबाब सिर्जना गरेका छन् । लिभरपुलमा यो सिजन पछि नरहने सलाहले बताइसकेका छन् । तर, लिभरपुलको उपाधि यात्रामा उनको अभाव हुने भन्दै समर्थकहरुले सलाहलाई जसरी पनि एनफिल्डमै राख्नुपर्नेमा जोड दिएका छन् ।

प्रिमियर लिगकै अर्को खेलमा इप्सविच टाउन र म्यानचेस्टर युनाइटेडले एक एक गोलको बराबरी खेलेका छन् । मार्कस रासफोर्डले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

तर, ४३ औं मिनेटमा इप्सविच टाउनका लागि ओमारी हटिनसनले बराबरी गोल गरे । प्रिमियर लिगमा युनाइटेड १२ औं र इप्सविच १८ औं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव