२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालका सन्जितलाई डब्लुएमएसी वेल्समा स्वर्ण र रजत

२०८१, १० मंसिर सोमबार १७:४४

काठमाडौँ | नेपालका सन्जितकुमार राई डब्लुएमएसी वेल्स खुला प्रतियोगितामा एक स्वर्ण र एक रजत पदक जितेका छन् ।

युकेको इबीबीडब्लु भेल लिजर सेन्टर, साउथ वेल्समा आइतबार भएको प्रतियोगितामा सन्जितले एक स्वर्ण र एक रजत जितेका हुन् । उहाँले क्रिएटिभ फम्सको मिक्स ब्ल्याकवेल्ट सफ्ट स्टायलमा स्वर्ण जितेका हुन् । यस स्पर्धामा उहाँले २६.७ अङ्क जोडेका थिए ।

उनले ट्रेडिसनल फम्सको मिक्स ब्ल्याकवेल्टमा रजत जित्ने क्रममा २६.४ स्कोर गरे । प्रतियोगितामा विश्वका चार सय ५० खेलाडीको सहभागिता रहेको थियो । नेपाल उमा कुङफु सङ्घको अध्यक्ष समेत रहनुभएका सन्जितले प्रतियोगिताको क्रममा डब्लुएमएसी वेल्सका अध्यक्ष क्रिस स्पाक्र्ससँग पनि भेट गरेका थिए ।

सन्जितको पाँचौँ अन्तर्राष्ट्रिय पदक हो । यसअघि उहाँले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा एक स्वर्ण र एक कांस्य तथा सन् २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा एक स्वर्ण जितेका थिए

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति