२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोनाल्डोको दुई गोलमा अल नासरको सानदार जित

२०८१, ११ मंसिर मंगलवार ०९:२४

काठमाडौँ | एफसी च्याम्पियन्स लिग इलाइट अन्तर्गत साउदी क्लब अल नासरले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा साउदी क्लब अल नासरले कतारी क्लब अल घराफालाई ३-१ गोल अन्तरले हराएको हो ।

अल नासरको जितमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने एन्जेलो गाब्रियलले १ गोल गरे । त्यस्तै कतारी क्लब अल घराफाका जोसेलुले गरेको गोल गरेका हुन् |

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको भएपनि दोस्रो हाफको सुरूवातमै गोल भएको थियो । ४६औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
त्यसैगरी ५८औं मिनेटमा गाब्रियलले टोलीको अग्रता दोब्बर पारे । त्यसको ६ मिनेटपछि ६४औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई सहज जिततर्फ अग्रसर गराएका थिए ।

७५औं मिनेटमा जोसेलुले गोल फर्काएपनि घराफा खेलमा फर्कन भने सकेन ।

यस जितसँगै एएफसी च्याम्पियन्स लिग इलाइटअन्तर्गत समूह बी मा रहेको अल नासरको ५ खेल मा १३ अंक सहित दोस्रो स्थानमा छ । अल घराफा ४ अंकसहित आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति