२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपीएल उद्घाटन खेलको सबै टिकट ‘सोल्ड आउट’

२०८१, १२ मंसिर बुधबार १२:२४

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) उद्घाटन खेलका लागि टिकट ‘सोल्ड आउट’ भएको छ ।

मंसिर १५ गतेदेखि सुरु हुने एनपीएलको उद्घाटन खेलका लागि सबै टिकट ‘सोल्ड आउट’ भएको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

नेपाल क्रिकेट संघले केही दिनअघि मात्रै खल्तीमार्फत हामीले घोषणा गरिसकेपछि एकदमै राम्रो फिडब्याक आएको छ । सम्भवत् पहिलो म्याचको त टिकट पूरै सोल्ड आउट भइसकेको छ दर्शक सामान्यतर्फ र भिआइपीतर्फ पनि,’ उनले भने, ‘दर्शकहरु नेपाल प्रिमियर लिग हेर्न आतुर हुनुहुन्छ ।’

मैदानमा भीआइपी र सामान्यतर्फ गरी करिब १२ हजार दर्शक क्षमता रहेको प्रवक्ता लामाले बताए ।

‘टिकट चाहिँ हामीसँग भीआइपी र सामान्यतर्फ गरेर करिब १२ हजार जति क्यापिसिटी छ । पहिला खेलको लागि सोल्डआउट नै भइसक्यो,’ उनले भने, ‘सिद्धार्थ बैंक जोन छ । जुन हाम्रो टाइटल स्पोन्सर हो । अरु चाहिँ जोन १ जोन २, जोन ३ छुट्याएका छौं । भीआइपी एरिया छ । भीभीआइपी, ओनर्स भन्ने छ ।’

एनपिएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ड भिड्दैछन् । विराटनगरको मार्की खेलाडी सन्दीप लामिछाने र जनकपुरका मार्की खेलाडी आसिफ शेख छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त