२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपीएलका लागि क्यानले भित्र्यायो ६ विदेशी कमेन्टेटर, को-को हुन्?

२०८१, १२ मंसिर बुधबार १३:५७

काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने नेपाल प्रिमियर लिग (एनपीएल)का लागि ६ जना विदेशी कमेन्टेटरलाई भित्र्याएको छ। बुधबार क्यानले नेपाल प्रिमियर लिगको आधिकारिक पेजमार्फत कमेन्टेटरहरूको नाम सार्वजनिक गरेको हो।

यसपटक कमेन्ट्री टोलीमा अमेरिकाका चर्चित कमेन्टेटर एन्ड्रयु लेनर्डको पनि समावेश छ। लेनर्डले नेपालका धेरैजसो खेलहरूमा कमेन्ट्री गर्दै आएका छन्। उनीसँगै दक्षिण अफ्रिकाका एचडी अकरम्यान, इङ्ल्यान्डका ड्यारेन गौफ, भारतका श्रीधरण श्रीराम, क्यानडाकी मोनाली पटेल, र भारतीय पत्रकार तथा कमेन्टेटर मिखाइल वासवानी पनि टोलीमा रहेका छन्।

कमेन्टेटरहरूको परिचय

एन्ड्रयु लेनर्ड: नेपाल क्रिकेटका चर्चित अमेरिकी कमेन्टेटर हुन्। उनले नेपालका अधिकांश खेलहरूमा कमेन्ट्री गर्दै आएका छन्।

एचडी अकरम्यान: दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर, जसले सन् १९९८ मा टेस्ट क्रिकेट खेलेका थिए। खेल जीवनपछि अकरम्यानले पेशेवर कमेन्टेटरको रूपमा नाम कमाएका छन्।

ड्यारेन गौफ: इङ्ल्यान्डका पूर्वक्रिकेटर, जसले टेस्ट, ओडीआई, र टी-२०आई खेल खेलेका छन्। उनले १५९ ओडीआई खेलमा २३५ विकेट लिएका थिए।

श्रीधरण श्रीराम: भारतका पूर्वक्रिकेटर, जसले सन् २००० देखि २००४ सम्म भारतबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए।

मोनाली पटेल: क्यानडाकी पूर्वक्रिकेटर, जसले सन् २०१९ मा क्यानडाबाट दुई टी-२०आई खेल खेलेकी थिइन्।

मिखाइल वासवानी: भारतका चर्चित पत्रकार र कमेन्टेटर, जसले क्रिकेट विश्लेषणमा राम्रो पहिचान बनाएका छन्।

एनपीएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।नेपाल प्रिमियर लिगमा यी अनुभवी कमेन्टेटरहरूको सहभागिताले लिगलाई थप रोचक र अन्तर्राष्ट्रिय स्तरको बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त