२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

च्याम्पियन्स लिगमा रियलमाथि लिभरपुलको २-० गोलको सानदार जीत

१३ मंसिर २०८१, बिहीबार ०९:२४

काठमाडौं । च्याम्पियन्स लिगमा इङ्लिस क्लब लिभरपुलले स्पेनिस क्लब रियल मड्रिडमाथि सानदार जीत निकालेको छ ।

बुधबार राति एनफिल्डमा भएको खेलमा एलेक्सिस म्याक एलिस्टर र कोडी गाक्पोको गोलको मद्दतमा लिभरपुलले साविक विजेता रियल मड्रिडलाई २-० गोलले पराजित गरेको हो ।

लिगमा पाँचौं चरणको खेलसम्म अपराजित रहेको लिभरपुलले म्याक एलिस्टरको गोलमार्फत ५२औं मिनेटमा पहिलो अग्रता लिएको थियो । त्यसको केही मिनेटमा रियल पेनाल्टी पाए पनि एम्बाप्पेले खेललाई बराबरी गर्न सकेनन्। उनको पेनाल्टी लिभरपुलका खेलाडीले बचाएका थिए।

त्यसपछि खेलको ७६औं मिनेटमा कोडे गाक्पोको गोलमार्फत लिभरपुलले रियलमाथि २–० को जीत निकाल्यो ।

यसै खेलमा लिभरपुलले पनि पेनाल्टी पायो तर मोहम्मद सलाहले गोलपोस्ट बाहिर हानेपछि मैदानमा हाँसो गुन्जयमान भएको थियो।

यो जीतसँगै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलमाथि लिभरपुलको १५ वर्षपछिको यो पहिलो जीत हो । लिभरपुलले सन् २००९ यता रियल मड्रिडलाई पराजित गर्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव