२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपीएल उद्घाटन खेलको टिकटका लागि फोन नगर्नुहोला : पारस खड्का

१४ मंसिर २०८१, शुक्रबार १५:३३

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएल उदघाटन खेलको टिकट सकिएको बताएका छन् । सीमित पूर्वाधारका कारण टिकट सकिएकाले घरबाटै खेल हेर्न आग्रह पनि गरेका छन् ।

उनले खेलको लागि टिकट नभएकाहरूले टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्न अनुरोध गरेका हुन् ।

साथै एनपीएलको पहिलो म्याचका टिकट र भिआईपी पासहरू सीमित पूर्वाधारका कारण सकिएको हुँदा सबैलाई समन्वय गर्न उनले अनुरोध गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘क्रिकेट संघ नेपाल (क्यान) ले आयोजना गरिरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गतको पहिलो म्याचका टिकट र भिआईपी पासहरू सबै सीमित पूर्वाधारका कारण सकिएको हुँदा कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौं ।

भोलिको खेलको लागि टिकट नभएका महानुभावहरूले कृपया टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्नुहुन हार्दिक अनुरोध गर्दछौं । कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नुहुन हार्दिक अनुरोध गर्दछौं । बाँकी खेलहरूको लागि पनि अवसर हुनेछ ।

यहाँहरूको समर्थन निरन्तर रहोस्, र भविष्यमा पर्याप्त पूर्वाधारको साथ सबैलाई समेट्न सक्ने नेपाल क्रिकेट संघ बन्ने हाम्रो प्रयास जारी रहनेछ ।’

साथै उनले भोलि(शनिबार)को खेलको पासका लागि फोन वा सन्देश नगर्न समेत आग्रह गरेका छन् । आठ टिम सम्मिलित एनपीएल शनिबारदेखि काठमाडौंमा सुरू हुँदैछ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव